मोगादिसु- कमजोर सुरक्षा व्यवस्थाका कारण सोमालियाको राजधानी मोगादिसुस्थित होटलमा आक्रमण भएको जनाउँदै सरकारले प्रहरी प्रमुख तथा गुप्तचर सुरक्षा प्रमुखलाई बर्खास्त गरेको छ।
मृतक सङ्ख्याबारे मन्त्रिपरिषद्लाई जानकारी गराउँदै यहाँका गृहमन्त्री मोहम्मद अवुकार इस्लोले प्रहरी प्रमुख अव्दिहाकिम दाहिर सैयद तथा गुप्तचर विभागका सुरक्षा प्रमुख अव्दिल्लाही मोहम्मद सानबालुसेको बर्खास्तीका लागि प्रस्ताव राखेका थिए। प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ।
मोगादिसुको होटलमा शनिबार राति बम विस्फोट हुँदा मृत्यु हुनको संख्या २७ पुगेको छ। सो घटनामा ३० जना घाइते भएको प्रहरी अधिकारीले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।