काठमाडौं– मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित माट्टा पर्यटन मेलाको नयाँ संस्करणमा नेपाल सहभागी भएको छ। मार्च १५ देखि १७ सम्म सञ्चालन भएको सो मेलामा नेपाल पर्यटन बोर्डको संयोजनमा नेपालका ८ निजी क्षेत्र पर्यटन व्यवसायीको सहभागिता रहेको थियो।
मेलामा नेपाल भ्रमण वर्षको सन्देश लाइफटाइम एक्सपेरियन्सेसको भावमा नेपाली स्टल सजाइएको थियो। नेपाली स्टल परम्परा र आधुनिकताको संमिश्रणका रुपमा सजाइएकाले आगन्तुकको उल्लेख्य सहभागिता रहेको बोर्डले जानकारी दिएको छ।
स्टल भ्रमण गरेका आगन्तुकले नेपाल भ्रमण गर्दा हेर्न छुटाउन नहुने ठाउँहरु, विशिष्टताका क्षेत्रहरु साथसाथै पदयात्रा क्षेत्र, भिसा, पहुँच, हलाल खानाको उपलब्धा विषयमा जानकारी लिएका थिए।
मलेसिया स्थित नेपाली दूतावासका महामहिम राजदूत श्री उदयराज पाण्डे र अधिकारीहरू समेतले नेपालको स्टलको अवलोकन भ्रमण गरेका थिए।
मेलाको आयोजक मलेसिया एसोसिएसन अफ टूर एन्ड ट्राभल हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।