काठमाडौं- नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्डविपरीत सिमेन्ट बिक्रीवितरण गर्ने मनसा सिमेन्ट इण्डस्ट्रिज कम्पनीलाई कारबाही गरेको छ।
नेपाल गुणस्तर तथा नापतौल कार्यालय झापाबाट फागुन १३ र १४ गते गरिएको अनुगमनबाट नमूना सङ्कलन गरी विभागमा ल्याएर प्रयोगशालामा परीक्षण गर्दा मनसा पिपिसी सिमेन्टमा आइआरको मान २८ प्रतिशत हुनुपर्नेमा ३१.२ प्रतिशत भएकाले कारबाहीको सिफारिस गरिएको हो।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सिमेन्टको मान नेपाल गुणस्तरअनुरुप नभएकाले कारबाहीका लागि विभागले सिफारिस गरेको जानकारी दिए। 'अनुगनमका क्रममा नेपाल गुणस्तर ऐनविपरीत भेटिएको जो कोही कम्पनीलाई पनि कारबाही गर्दै आएका छौँ', उनले भने।
विभागले उक्त सिमेन्ट उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिह्न ऐन तथा नियमावलीको दफा १६ अनुसार कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।