• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

ओलीका सल्लाहकारलाई व्यापारीको फोन, मन्त्रीमा नयाँ अनुहार को–को? 

64x64
नेपाल लाइभ सोमबार, चैत ४, २०७५  १०:४२
1140x725

काठमाडौं– मन्त्रिपरिषद् फेरबदल गर्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो पटक छलफल भएको समाचार सतहमा आएपछि एकजना कहलिएका व्यापारीले प्रधानमन्त्री ओलीका एक सल्लाहकारलाई फोनै गरेर सोधे, ‘अरु कुरा चाहिएन, अर्थमन्त्री चेन्ज हुन्छन् कि हुन्नन् सर?’

प्रधानमन्त्री ओलीका सल्लाहकार अल्मलिए। के भन्ने के नभन्ने, उनी विलखबन्दमा परे।

सल्लाहकारले जवाफ दिए, ‘अर्थमन्त्री त यसै भन्न सकिन्न। दुई पार्टी अध्यक्षबीच छलफल भइरहेको छ। मलाई थाहा भएको यत्ति हो।’

निजी क्षेत्रका व्यापारिक केही समूहहरु अर्थमन्त्री डा युवराज खतिवडा परिवर्तन गर्न चाहन्छन्। कसिलो आर्थिक नीति, कडिकडाउ आर्थिक व्यवहार र सेयर बजारको छलाङ खुम्चिएको भन्दै व्यवसायीहरु अर्थमन्त्री खतिवडासँग रुष्ट छन्। यद्यपि कुनै पनि प्रसिद्ध घरनाका व्यापारीले अर्थमन्त्रीका बारेमा खुलेर टिप्पणी गरेका छैनन्।

यतिसम्म कि कतिपय व्यवसायीहरु अर्थमन्त्रीबारे गुनासो लिएर प्रधानमन्त्री निवास बालुवाटार र अर्का अध्यक्ष दाहाल निवास खुमलटारसम्म नपुगेका भने होइनन्। तर, अर्थमन्त्रीबारे ओली र दाहालबीच फरक–फरक मत रहेको कुरामा स्रोतहरुको दाबी छ।

‘प्रधानमन्त्री ओली अर्थमन्त्री खतिवडासँग खुसी नै हुनुहुन्छ,’ प्रधानमन्त्री ओली सन्निकट एक नेता भन्छन्, ‘व्यापारीहरुका चाहना के हुन् भन्ने प्रधानमन्त्रीलाई राम्ररी थाहा छ। उनीहरुको स्वार्थभन्दा देशलाई दिर्घकालीन असर गर्ने आर्थिक नीति महत्वपूर्ण हो भन्ने कुरा ओलीले बुझ्नु भएको छ।’

तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल भने अर्थमन्त्रीबारे अलग धारणा राख्छन्। दाहालकाे चाहनाबारे उनी निकट एक नेताले केहीदिन अघि भनेका थिए, 'अब मन्त्रिमण्डल पुनर्गठन हुँदा चितवनबाट जनमत प्राप्त सुरेन्द्र पाण्डेलाई अर्थमन्त्रीको कुर्चीमा राख्न सकियोस्।'

अर्थमन्त्रीका रुपमा अनुभवप्राप्त पाण्डे नेकपाभित्र माधव नेपाल समूहका नेता हुन्।

nimb
nimb
Ncell 2
Ncell 2

पाण्डेलाई अर्थमन्त्री बनाउँदा एकातिर उद्यम क्षेत्रका अगुवाहरुको माग सुने जस्तो हुने र अर्कोतिर चितवनको राजनीति आफ्नो पकडमा आउने आंकलन अध्यक्ष दाहालको छ। ‘त्यति मात्र होइन, पार्टीभित्रको समूहगत समिकरणमा पनि शालिन र कम विवादित छबीका सुरेन्द्रलाई आफ्नो पक्षमा राख्दा दाहाललाई फाइदै हुन्छ’ दाहाल निकट एक नेता भन्छन्, ‘दाहालले पाण्डेलाई अर्थमन्त्री बनाउन खोज्नुको कारण यही हो।’

अर्थ मन्त्रालय त भइहाल्यो। चासोको केन्द्रमा छ अर्को मन्त्रालय पनि। हेलिकाेप्टर दुर्घटनामा मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि खाली रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी कसलाई दिइएला?

खासमा प्रधानमन्त्री ओलीले सूचना तथा सञ्चार मन्त्रालय हाँकिरहेका गोकुल बाँस्कोटालाई खाली रहेको पर्यटन मन्त्रालयमा लैजान चाहन्छन्। तर, अर्का अध्यक्ष दाहाल भने युवा नेता योगेश भट्टराईलाई सो मन्त्रालय दिँदा राम्रो हुने धारणा राख्छन्। यद्यपि कतिपय सञ्चार माध्यमहरुमा योगशलाई मन्त्री पद दिन ओली राजी नभएको समाचारहरु पनि आइसकेका छन्।

‘योगेशजीका विषयमा जे-जस्ता समाचारहरु आएका छन्, त्यसमा सत्यता छैन’, प्रधानमन्त्रीका एक सल्लाहकारले नेपाल लाइभसँग भने, ‘उहाँ मन्त्री हुने सम्भावना समाप्तै भएको भन्ने होइन। खासमा प्रधानमन्त्रीले मन्त्रीमण्डल पुनर्गठन गर्न हतार नगर्ने, तर गर्दा परिपक्व हिसाबले निर्णय गर्ने भन्नु भएको छ।’

नेकपाका दुई शीर्षस्थ नेताबीच मन्त्रीमण्डल पुनर्गठनका विषयमा छलफलसँगै मन्त्री बन्न आकांक्षीहरुको ‘लबिङ’ सघन बन्दै गएको छ। त्यसो भए, मन्त्री बन्ने चर्चा भएकाहरुको लाममा सुरेन्द्र पाण्डे र योगेश भट्टराई बाहेक अरु छैनन् त?

‘लबिङ’ कै आधारमा भन्ने हो, मन्त्री पद ताकेका अरु नामहरुको चर्चा पनि भइरहेको छ। बालुवाटार सूत्रका अनुसार प्रधानमन्त्री ओलीले आफू निकट नेता महेश बस्नेतलाई पुनर्गठित मन्त्रीमण्डलमा समावेस गर्न चाहन्छन्। भक्तपुरबाट जनमत प्राप्त नेता बस्नेतलाई यसअघि पनि उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

चाँजोपाँजो मिलेमा प्रधानमन्त्री ओलीले यसपटक उनलाई सोही मन्त्रालय वा यातायत व्यवस्था मन्त्रालय हाँक्न पठाउने छन्। यातायात व्यवस्था मन्त्रालय चलाइरहेका मन्त्री रघुवीर महासेठले अपेक्षाकृत परिणाम निकाल्न नसकेको विश्लेषण बालुवाटारको छ।

रघुबीर महासेठसँग मात्र होइन अधिक मन्त्रीहरुसँग प्रधानमन्त्री ओली सन्तुष्ट छैनन्। ७ जना मन्त्रीहरुलाई त प्रधानमन्त्री ओलीले ‘रेड जोन’मा राखेको खबर यसअघि नै नेपाल लाइभले प्रकाशित गरिसकेको छ।

कहिले होला मन्त्रिमण्डल हेरफेर? ‘रेड जोन’मा परेका मन्त्रीको सूची प्रम ओलीको हातमा

अत्यन्तै न्यून परिणाम दिएका कतिपय मन्त्रीलाई बिदाइ गरिने र खाली भएका मन्त्रालयमा पूर्व माओवादीबाट बढीमा ३ जना नयाँ अनुहार समावेस गर्ने योजना अध्यक्षद्वयको छ। पूर्व माओवादीबाट नेत्री पम्फा भुसाल, अग्नि सापकोटा र जनार्दन शर्माले मन्त्रीका लागि ‘लबिङ’ गरिरहेका छन्।

पार्टीभित्रकै समीकरण प्रभावित तुल्याउन सक्ने अवस्थामा रहेका गृहमन्त्री रामबहादुर थापाले पम्फा भुसाललाई मन्त्री बनाउन चाहेका छन्। यसका लागि उनले दुबै अध्यक्षसँग कुरा राखिसकेको बताइएको छ।

पुष्पकमल दाहाल पत्नी सिता दाहालको उपचारार्थ अमेरिका उड्नु अघिका छलफलहरुमा दुबै अध्यक्षले कतिपय मन्त्रिहरुका कार्यप्रगति विवरणबारे मात्र होइन नयाँ मन्त्रीमण्डलमा समावेस गर्न सकिने नयाँ अनुहारका विषयमा पनि छलफल गरेको स्रोतको भनाइ छ।

दाहाल अमेरिका उडेकै दिन आइतबार विराटनगर पुगेका प्रधानमन्त्री केपी ओलीले ‘अहिल्यै मन्त्रीमण्डल पुनर्गठन नहुने’ बताएका छन्। यद्यपि यसबारे दुई अध्यक्षबीच पर्याप्त कुराकानी भइसकेको छ।

‘छलफल जारी नै छ, उहाँहरुबीच कसले के जिम्मेवारी दिने भन्ने अन्तिम निष्कर्ष निस्किनसकेकाले प्रधानमन्त्री ओलीले मन्त्रीमण्डलबारे यस्तो कुरा गर्नुभएको हो’, ओली निकट एक नेताले भने, ‘मध्य चैत्रमा लगानी सम्मेलन हुँदैछ, त्यसपछि बल्ल दुई अध्यक्षबीच भएका कुराकानीको परिणाम बाहिर आउँनेछ।’

प्रकाशित मिति: सोमबार, चैत ४, २०७५  १०:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्