नयाँ दिल्ली- भारतकाे गोवा राज्यका मुख्यमन्त्री एवं भारतीय जनता पार्टीका वरिष्ठ नेता मनोहर पर्रिकरकाे आइतबार ६३ वर्षकाे उमेरमा निधन भएकाे छ। भारतीय राष्ट्रपति रामनाथ कोविंदले ट्वविट गरी मनाेहरकाे निधन भएकाे जानकारी दिएका हुन्।
उनी लामाे समयदेखि पेटकाे क्यान्सरबाट पीडित थिए।
पर्रिकरकाे निधनप्रति भारतीय प्रधानमन्त्री लगायत विभिन्न दलका नेताले शाेक व्यक्त गरेका छन्। भाजपाका नेता मनाेहर केही समय भारतकाे रक्षामन्त्री पनि बनेका थिए। तर, गाेवामा भाजपा संकटमा परेलगत्तै रक्षामन्त्रीबाट राजीनामा दिएर उनी साे क्षेत्रका मुख्यमन्त्री बनेका थिए।
उनलाइ स्वच्छ छवि भएका नेताका रूपमा लिइन्छ। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।