• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

प्रचण्ड अमेरिका जाँदै, पत्नी सीताको उपचार जोन हकिङ्स् अस्पतालमा हुने

सीतालाई ‘प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी’ रोग
64x64
नेपाल लाइभ आइतबार, चैत ३, २०७५  ११:५८
1140x725

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नि सीताको उपचारका लागि अमेरिका जाने भएका छन्। आइतबार दाहाल दम्पतिका साथ छोरीज्वाइ समेत अमेरिका जान लागेको प्रचण्डको निजी सचिवालयले जनाएको छ।

प्रचण्ड दम्पतिसँगै छोरीज्वाईं गंगा र जीवन आचार्य अमेरिका जान लागेका हुन्। सीतालाई पार्किन्सन जस्तै लक्षण भएको पिएसपी रोग लागेको चिकित्सकले बताएका छन्। सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छन्। 

उनीहरु आज साँझ ५ बजे इतिहाद एयरवेजस् मार्फत अमेरिका प्रस्थान गर्ने बताइएको छ। सीताको अमेरिकाको जोन हकिङ्स् अस्पतालमा उपचार हुनेछ।

दाहाल दम्पतिका छोरा प्रकाशको गतवर्ष निधन भएपछि सीता थप कमजोर भएकी छन्। गत असोज १० मा प्रचण्डले सीतालाई सिंगापुर लगेका थिए।

त्यसअघि गत असारमा पनि सीताको सिंगापुरमा उपचार भएको थियो। अस्पतालमा उपचारका क्रममा सीतालाई प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी) प्रमाणित भएको थियो।

गत असारमा सिंगापुरमा १३ दिनको बसाइका क्रममा रोगको पहिचान र उपचारपछि उनीहरु स्वदेश फर्किएका थिए। 

त्यतीबेला उनलाई तीन महिनासम्म वाटर थेरापी र औषधि सेवन गर्न भनिएको थियो। सोही अनुसार तीन महिनासम्मको वाटर थेरापी र औषधि सेवनपछि सीतालाई पुन उपचारका लागि सिंगापुर लगिएको थियो।

असारमा सिंगापुरबाट फर्किएलगत्तै प्रचण्डको आधिकारिक वेबसाइटले समेत सीताको रोगबारे जानकारी दिएको थियो। सोही आधारमा स्वास्थ्यखबरले सीतालाई लागेको रोगका विषयमा नेपालका चिकित्सकहरुसँग जानकारी लिएको छ।

Ncell 2
Ncell 2

‘प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी’ रोग के हो?

नेपालका स्नायुरोग विशेषज्ञहरुले दिएको जानकारी अनुसार यो एक मस्तिष्कमा लाग्ने रोग हो। 

मस्तिष्कका विभिन्न रोग तथा समस्याहरु मध्ये प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी) पनि एक हो। यो रोग निकै कम मानिसमा देखिने गर्दछ। तर, पछिल्लो समयमा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढेसँगै पिएसपीको समस्या भएका बिरामीसमेत आउन थालेका छन्।

ग्रान्डी अस्पतालका कन्सलट्यान्ट न्युरोलोजिष्ट डा राजु पौडेलका अनुसार सामान्यतय झट्ट हेर्दा पिएसपीको अधिकांश लक्षण मष्तिष्कको अर्को रोग पार्किन्सन्ससँग धेरै मिल्दोजुल्दो हुन्छ। तर, यो समस्या पार्किन्सभन्दा फरक हो। 

‘रोग लाग्दाको सुरुवाती लक्षणमा पार्किन्सन्स, अलजाइमर्स, मोटर न्यूरोन जस्ता रोगको लक्षणसँग मेल खाने हुँदा चिकित्सक तथा स्वास्थ्यकर्मीसमेत झुक्किने गर्दछन्। जसले गर्दा पिएसपीको गलत ‘डाइग्नोसिस’ हुँदा औषधि तथा उपचारसमेत पार्किन्सन्स वा अन्य समस्याको हुने गर्छ,’ उनले भने।

डा पौडेलका अनुसार पिएसपीमा पार्किन्ससन्सको औषधि दिँदा बिरामीलाई झन् साइड इफेक्ट हुन सक्छ। त्यसकारण बिरामीको मस्तिष्कको राम्रोसँग सिटी स्क्यान, एमआरआई वा अन्य आवश्यक परीक्षणपछि मात्र बिरामीलाई आवश्यक औषधिहरु दिनु पर्दछ।

नेपालमा यस रोगका बिरामी कति छन् भन्ने यकिन तथ्यांक छैन। तर, उपचारमा आउने बिरामीको संख्या भने बिस्तारै बढ्दै गइरहेको उनले जानकारी दिए। सामान्यतया यो रोग वृद्धावस्थामा लाग्ने गर्दछ। यस रोगमा मस्तिष्कको कार्यमा गडबडी आई मानिसको मांसपेशीको चालमा अवरोध सिर्जना हुन्छ। मस्तिष्कको नसाहरु बिस्तारै मर्दै जाँदा उत्पन्न हुने समस्या नै पिएसपी हो। 

विशेषगरी यो रोग लागेपछि मानिसको शारीरिक सन्तुलन बिग्रन्छ, आँखाको दृष्टिमा असर गर्छ, बोली अस्पष्ट हुन्छ भने खानेकुरा निल्नसमेत समस्या हुने डा पौडेलले बताए। 

‘मस्तिष्कमा भएको स्नायुकोषले डोपामाइन नामक महत्वपूर्ण रसायन उत्पादन गर्ने गर्छ। यसले मस्तिष्कमा आवश्यक संकेत तथा निर्देशन पठाई शरीरका विभिन्न भागका मांसपेशीको गति नियन्त्रण गर्ने काम गर्छ,’ उनले भने, ‘साधारण अवस्थामा मस्तिष्कबाट प्राप्त निर्देशन अनुसार मांसपेशीको गतिमा नियन्त्रण भई शरीरका विभिन्न अंगले सन्तुलित कार्य गर्न सक्छन्। तर पिएसपी भएपछि डोपामिन उत्पादन नै बन्द हुन्छ र मस्तिष्कको उक्त ठाउँ बिस्तारै सुक्दै जान्छ। यसरी स्नायुकोष निस्क्रिय हुँदै जान्छ।’

स्नायु रोग विशेषज्ञ डाक्टरहरुको विश्व संगठन ‘वर्ल्ड फेडेरेसन अफ न्युरोलोजी’का अनुसार पिएसपीको सुरुवाती अवस्थामा बिर्सन थाल्ने, सन्तुलन बिग्रने, अनावश्यक रुपमा लड्ने, विशेषगरी पछाडिपट्टि लड्ने लक्षण हुन्छ। यस्तै शरीर अररो भई आँखा दृष्टिमा असर गर्छ। आँखाको नानी दायाँबायाँ मात्र सर्ने र हेर्न मिल्ने हुन्छ तर तल र माथि हेर्न सकिँदैन। चम्किलो उज्यालोमा हेर्न मन नलाग्ने हुन्छ। तर, पार्किन्सन्समा तलमाथि पनि हेर्न सकिन्छ। 

पिएसपी र पार्किन्सस छुट्याउने सबैभन्दा मुख्य आधार आँखाको हेराइ पनि हो। तलमाथि हेर्न नसक्ने समस्या छ भने त्यो पिएसपी भनेर बुझ्न सकिन्छ। पिएसपीमा सुस्तपना आउने, काम्ने, शरीर कडा हुने र हिँडडुल गर्न समस्या पनि हुन्छ। शरीर हुत्तिएको जस्तो गरी हिँड्ने खालको लक्षण हुन्छ। शरीर अरठ्ठो भएर आउने, घाँटीसमेत अररो हुने, बोली नबुझिने हुन्छ। हिँड्दा मान्छे ड्याङ्ग पछाडिपट्टि लड्ने गर्दछन्। केही मानिसहरुमा डिप्रेसन, उदासीपन, निराशासमेत पैदा हुन्छ। 

यो रोग पूर्ण रुपमा निको हुँदैन । यसका लागि औषधि नै प्रमुख उपचार भए पनि बिरामीको दैनिक भोजन पोषिलो एवम् सन्तुलित हुन नितान्त आवश्यक हुन्छ । यसका साथै आवश्यकता अनुसार फिजियोथेरापीसमेत गर्नुपर्ने हुन्छ।

पार्किन्सनमा औषधिले राम्रो काम गर्छ। विशेषगरी पार्किन्सन्सको औषधिले ८/९ वर्षसम्म काम गर्छ तर पिएसपीमा एक-दुई वर्षसम्म मात्र औषधिले काम गर्छ। पिएसपी भएका मानिसहरुको हेरचाह र आत्मबलका आधारमा बिरामीको आयु लम्बिने हुन्छ। पिएसपी भएकालाई उचित हेरचाह नगर्ने हो भने लडेर टाउको तथा अन्य भागमा ठोक्किने खतरा भने अत्यधिक रहन्छ। खानेकुरा निल्न समस्या हुने हुँदा सर्केर ज्यान जाने खतरा पनि हुन्छ। त्यसकारण खाना खुवाँउदा विशेष ध्यान दिन आवश्यक हुन्छ।

सुरुवाती लक्षणमा नै उचित उपचार गर्ने र हेरचाह राम्रो हुने हो भने बिरामीलाई लामो समयसम्म सहज वातावरणमा राख्न सकिन्छ। विशेषगरी लडेर चोटपटक नलागोस भन्नका लागि भुइँ तथा भित्तामा म्याट्रेस वा चोटपटक नलाग्ने वस्तुहरु राख्नुपर्छ। शौचालयलाई चिप्लो बनाउनु हुँदैन। सबैभन्दा राम्रो त बिरामीसँग एक वा अन्य कोही मानिस बसिरहनुपर्छ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०७५  ११:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगनको दाबी: निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैधानिक भन्न सक्दैन
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए
यस्तो छ विशेष महाधिवेशनमा गगन थापाले पेस गरेको प्रतिवेदनको पूर्णपाठ
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
गगनको दाबी: निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैधानिक भन्न सक्दैन सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
यस्तो छ विशेष महाधिवेशनमा गगन थापाले पेस गरेको प्रतिवेदनको पूर्णपाठ सोमबार, पुस २८, २०८२
सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक जारी सोमबार, पुस २८, २०८२
यस्तो छ विशेष महाधिवेशनमा विश्वप्रकाशले पेस गरेको सांगठनिक प्रतिवेदनको पुर्णपाठ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्