• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

प्रचण्ड अमेरिका जाँदै, पत्नी सीताको उपचार जोन हकिङ्स् अस्पतालमा हुने

सीतालाई ‘प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी’ रोग
64x64
नेपाल लाइभ आइतबार, चैत ३, २०७५  ११:५८
1140x725

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नि सीताको उपचारका लागि अमेरिका जाने भएका छन्। आइतबार दाहाल दम्पतिका साथ छोरीज्वाइ समेत अमेरिका जान लागेको प्रचण्डको निजी सचिवालयले जनाएको छ।

प्रचण्ड दम्पतिसँगै छोरीज्वाईं गंगा र जीवन आचार्य अमेरिका जान लागेका हुन्। सीतालाई पार्किन्सन जस्तै लक्षण भएको पिएसपी रोग लागेको चिकित्सकले बताएका छन्। सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छन्। 

उनीहरु आज साँझ ५ बजे इतिहाद एयरवेजस् मार्फत अमेरिका प्रस्थान गर्ने बताइएको छ। सीताको अमेरिकाको जोन हकिङ्स् अस्पतालमा उपचार हुनेछ।

दाहाल दम्पतिका छोरा प्रकाशको गतवर्ष निधन भएपछि सीता थप कमजोर भएकी छन्। गत असोज १० मा प्रचण्डले सीतालाई सिंगापुर लगेका थिए।

त्यसअघि गत असारमा पनि सीताको सिंगापुरमा उपचार भएको थियो। अस्पतालमा उपचारका क्रममा सीतालाई प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी) प्रमाणित भएको थियो।

गत असारमा सिंगापुरमा १३ दिनको बसाइका क्रममा रोगको पहिचान र उपचारपछि उनीहरु स्वदेश फर्किएका थिए। 

त्यतीबेला उनलाई तीन महिनासम्म वाटर थेरापी र औषधि सेवन गर्न भनिएको थियो। सोही अनुसार तीन महिनासम्मको वाटर थेरापी र औषधि सेवनपछि सीतालाई पुन उपचारका लागि सिंगापुर लगिएको थियो।

असारमा सिंगापुरबाट फर्किएलगत्तै प्रचण्डको आधिकारिक वेबसाइटले समेत सीताको रोगबारे जानकारी दिएको थियो। सोही आधारमा स्वास्थ्यखबरले सीतालाई लागेको रोगका विषयमा नेपालका चिकित्सकहरुसँग जानकारी लिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी’ रोग के हो?

नेपालका स्नायुरोग विशेषज्ञहरुले दिएको जानकारी अनुसार यो एक मस्तिष्कमा लाग्ने रोग हो। 

मस्तिष्कका विभिन्न रोग तथा समस्याहरु मध्ये प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी) पनि एक हो। यो रोग निकै कम मानिसमा देखिने गर्दछ। तर, पछिल्लो समयमा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढेसँगै पिएसपीको समस्या भएका बिरामीसमेत आउन थालेका छन्।

ग्रान्डी अस्पतालका कन्सलट्यान्ट न्युरोलोजिष्ट डा राजु पौडेलका अनुसार सामान्यतय झट्ट हेर्दा पिएसपीको अधिकांश लक्षण मष्तिष्कको अर्को रोग पार्किन्सन्ससँग धेरै मिल्दोजुल्दो हुन्छ। तर, यो समस्या पार्किन्सभन्दा फरक हो। 

Xtrem

Xtrem

‘रोग लाग्दाको सुरुवाती लक्षणमा पार्किन्सन्स, अलजाइमर्स, मोटर न्यूरोन जस्ता रोगको लक्षणसँग मेल खाने हुँदा चिकित्सक तथा स्वास्थ्यकर्मीसमेत झुक्किने गर्दछन्। जसले गर्दा पिएसपीको गलत ‘डाइग्नोसिस’ हुँदा औषधि तथा उपचारसमेत पार्किन्सन्स वा अन्य समस्याको हुने गर्छ,’ उनले भने।

डा पौडेलका अनुसार पिएसपीमा पार्किन्ससन्सको औषधि दिँदा बिरामीलाई झन् साइड इफेक्ट हुन सक्छ। त्यसकारण बिरामीको मस्तिष्कको राम्रोसँग सिटी स्क्यान, एमआरआई वा अन्य आवश्यक परीक्षणपछि मात्र बिरामीलाई आवश्यक औषधिहरु दिनु पर्दछ।

नेपालमा यस रोगका बिरामी कति छन् भन्ने यकिन तथ्यांक छैन। तर, उपचारमा आउने बिरामीको संख्या भने बिस्तारै बढ्दै गइरहेको उनले जानकारी दिए। सामान्यतया यो रोग वृद्धावस्थामा लाग्ने गर्दछ। यस रोगमा मस्तिष्कको कार्यमा गडबडी आई मानिसको मांसपेशीको चालमा अवरोध सिर्जना हुन्छ। मस्तिष्कको नसाहरु बिस्तारै मर्दै जाँदा उत्पन्न हुने समस्या नै पिएसपी हो। 

विशेषगरी यो रोग लागेपछि मानिसको शारीरिक सन्तुलन बिग्रन्छ, आँखाको दृष्टिमा असर गर्छ, बोली अस्पष्ट हुन्छ भने खानेकुरा निल्नसमेत समस्या हुने डा पौडेलले बताए। 

‘मस्तिष्कमा भएको स्नायुकोषले डोपामाइन नामक महत्वपूर्ण रसायन उत्पादन गर्ने गर्छ। यसले मस्तिष्कमा आवश्यक संकेत तथा निर्देशन पठाई शरीरका विभिन्न भागका मांसपेशीको गति नियन्त्रण गर्ने काम गर्छ,’ उनले भने, ‘साधारण अवस्थामा मस्तिष्कबाट प्राप्त निर्देशन अनुसार मांसपेशीको गतिमा नियन्त्रण भई शरीरका विभिन्न अंगले सन्तुलित कार्य गर्न सक्छन्। तर पिएसपी भएपछि डोपामिन उत्पादन नै बन्द हुन्छ र मस्तिष्कको उक्त ठाउँ बिस्तारै सुक्दै जान्छ। यसरी स्नायुकोष निस्क्रिय हुँदै जान्छ।’

स्नायु रोग विशेषज्ञ डाक्टरहरुको विश्व संगठन ‘वर्ल्ड फेडेरेसन अफ न्युरोलोजी’का अनुसार पिएसपीको सुरुवाती अवस्थामा बिर्सन थाल्ने, सन्तुलन बिग्रने, अनावश्यक रुपमा लड्ने, विशेषगरी पछाडिपट्टि लड्ने लक्षण हुन्छ। यस्तै शरीर अररो भई आँखा दृष्टिमा असर गर्छ। आँखाको नानी दायाँबायाँ मात्र सर्ने र हेर्न मिल्ने हुन्छ तर तल र माथि हेर्न सकिँदैन। चम्किलो उज्यालोमा हेर्न मन नलाग्ने हुन्छ। तर, पार्किन्सन्समा तलमाथि पनि हेर्न सकिन्छ। 

पिएसपी र पार्किन्सस छुट्याउने सबैभन्दा मुख्य आधार आँखाको हेराइ पनि हो। तलमाथि हेर्न नसक्ने समस्या छ भने त्यो पिएसपी भनेर बुझ्न सकिन्छ। पिएसपीमा सुस्तपना आउने, काम्ने, शरीर कडा हुने र हिँडडुल गर्न समस्या पनि हुन्छ। शरीर हुत्तिएको जस्तो गरी हिँड्ने खालको लक्षण हुन्छ। शरीर अरठ्ठो भएर आउने, घाँटीसमेत अररो हुने, बोली नबुझिने हुन्छ। हिँड्दा मान्छे ड्याङ्ग पछाडिपट्टि लड्ने गर्दछन्। केही मानिसहरुमा डिप्रेसन, उदासीपन, निराशासमेत पैदा हुन्छ। 

यो रोग पूर्ण रुपमा निको हुँदैन । यसका लागि औषधि नै प्रमुख उपचार भए पनि बिरामीको दैनिक भोजन पोषिलो एवम् सन्तुलित हुन नितान्त आवश्यक हुन्छ । यसका साथै आवश्यकता अनुसार फिजियोथेरापीसमेत गर्नुपर्ने हुन्छ।

पार्किन्सनमा औषधिले राम्रो काम गर्छ। विशेषगरी पार्किन्सन्सको औषधिले ८/९ वर्षसम्म काम गर्छ तर पिएसपीमा एक-दुई वर्षसम्म मात्र औषधिले काम गर्छ। पिएसपी भएका मानिसहरुको हेरचाह र आत्मबलका आधारमा बिरामीको आयु लम्बिने हुन्छ। पिएसपी भएकालाई उचित हेरचाह नगर्ने हो भने लडेर टाउको तथा अन्य भागमा ठोक्किने खतरा भने अत्यधिक रहन्छ। खानेकुरा निल्न समस्या हुने हुँदा सर्केर ज्यान जाने खतरा पनि हुन्छ। त्यसकारण खाना खुवाँउदा विशेष ध्यान दिन आवश्यक हुन्छ।

सुरुवाती लक्षणमा नै उचित उपचार गर्ने र हेरचाह राम्रो हुने हो भने बिरामीलाई लामो समयसम्म सहज वातावरणमा राख्न सकिन्छ। विशेषगरी लडेर चोटपटक नलागोस भन्नका लागि भुइँ तथा भित्तामा म्याट्रेस वा चोटपटक नलाग्ने वस्तुहरु राख्नुपर्छ। शौचालयलाई चिप्लो बनाउनु हुँदैन। सबैभन्दा राम्रो त बिरामीसँग एक वा अन्य कोही मानिस बसिरहनुपर्छ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०७५  ११:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
कांग्रेस महामन्त्रीमा पौडेल, संग्रौला र राणा निर्वाचित
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा पौडेल, संग्रौला र राणा निर्वाचित सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित सोमबार, असोज २६, २०८३
संसदीय सुनुवाइ समितिद्वारा भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको आज सुनुवाइ गरिँदै सोमबार, असोज २६, २०८३
कार्टुन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्