काठमाडौं- पित्त नलीमा देखिएको हेप प्यानक्राइटेज अब्सट्रक्सन रोगको उपचार गरिरहेका पत्रकार अर्जुन सुवेदीलाई नेपाल पत्रकार महासंघ कोरिया शाखाले आर्थिक सहयोग गरेको छ।
डेढ वर्षदेखि उपचाररत सुवेदीको उपचारमा सघाउ पुर्याउन शाखाले संकलन गरेको १ लाख ५ हजार रुपैयाँ आज हस्तान्तरण गरिएको हो।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गरिएको हो।
सुवेदीको हालसम्म ६० लाख बढी रुपैयाँ खर्च भएको उपचाररत सुवेदीले जानकारी गराए।
नेपालमा उपचार सम्भव नभएर भारतमा उपचार गर्न गएका उनको त्यहाँ पनि उपचार हुन नसकेपछि बेलायत जाने तयारी थियो।
बेलायतको किंग्स अस्पतालबाट अवकास प्राप्त डाक्टर चेन्नइ फर्केको खबर पाएपछि उनको उपचार हाल चेन्नइमा भइरहेको छ।
तीन /तीन महिनामा अपरेसनका लागि चेन्नइमा फलो अप गरिरहेको सुवेदीले जानकारी दिए।
उपचारका लागि खर्च रकम परिवार,आफन्त र मिडियाकर्मीबाट जुटेको उनले बताए।
कोरियामा संकलित रकम पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष दिलिप थापामगर,कोरिया शाखा पूर्व अध्यक्ष खेम कार्की ,सञ्चारकर्मी विकास श्रेष्ठ र एनआरएन कोरियाका पूर्व महासचिव नेत्र पौडेलले उपचाररत सुवेदीलाई हस्तान्तरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।