सर्लाही – जिल्लाको चन्द्रनगर गाउँपालिका वडा नम्बर २ भित्र रहेको मुसहरी टोलहरु (बबरगंज, बिर्ता बजार, दोनवारी टोल) लाई नमुना मुसहर समुदायको बनाउने योजना घोषणा भएको छ । भोरले चन्द्रनगर गांउपालिका वडा नम्बर २, बबरगंजमा आयोजना योजना घोषणा सभा आयोजना भएको हो ।
भोर, अभियानी तथा अनुसन्धान मुलक परोपकारी संस्थाले गरिब मुसहर समुदायको समग्र उत्थानको लागि विगत ८ वर्ष देखि 'शक्तिहिनको सशक्तिकरणः मुसहर समुदायको समग्र उत्थान' नामक अभियान नेपाल २४ जिल्लामा र केन्द्रिय स्तरमा संचालन गर्दै आएको छ । यसै अयिभान अन्तरगत भोरको आठौं साधारण सभाले प्रदेश नम्बर २ को सर्लाही जिल्लाको चन्द्रनगर गांउपालिका वडा नम्बर २ भित्र रहेको मुसहरी टोलहरु (बबरगंज, बिर्ता बजार, दोनवारी टोल) लाई नमुना मुसहर समुदाय बनाउने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार यस योजनाको घोषणा सभा आयोजना गरिएको हो।
सोही योजना अन्तरगत वडा नम्बर २ का ४ जना मुसहर विधार्थीहरुलाई (३ बालिका र १ बालक) अध्ययन सहयोग हस्तान्तरण पनि गरएको थियो । उनीहरुलार्इ कक्षा १ देखि कक्षा १० सम्म र स्नातकसम्मको शिक्षा हासिल गर्नमा आवश्यक न्यून्तम सहयोग प्रदान गर्ने प्रतिबधता पत्र, विद्याल पोसाक दुर्इ जोर, जुत्ता र मोज, स्कुल ब्याग र वर्षभर पुग्ने स्टेशनरी सामग्री दिइएको भोरका अध्यक्ष राजकुमार महतोले बताए।
यी अध्य्यन सहयोगमा लाग्ने रकम नेपाल तथा विदेशमा बसोबास गर्ने विभिन्न व्यक्तिहरु आफनो व्यक्तिगत कमाई बट बचत गरेर योगदान गरेका छन् । उनीहरुले कक्षा १ देखि १० सम्म सहयोग गर्ने प्रतिबध्दता व्यक्त गरेका छन् । केशव – भोज स्मृति, बिरगंज, सिंगापुरमा अध्य्यनरत नेपाली विधार्थीहरुको समुह ज्वाइन्ट फन्ड फर नोबेल काउज र चन्द्रनगर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राम नारायण महतो हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।