वर्दिवासमा कृषि तथा व्यापार महोत्सव हुँदै

नेपाल लाइभ | २०७५ फागुन ३० बिहीबार | Thursday, March 14, 2019 २०:४२:०० मा प्रकाशित

जनकपुर– महोत्तरीमा दोश्रो वर्दिवास महोत्सव हुने भएको छ।

वर्दिवास उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सव चैत्र ८ देखि १८ गतेसम्म हुने बताइएको छ। 

कृषि, पर्यटन उद्योग र व्यापारको समृद्धिलाई जोड दिँदै महोत्सव गर्न लागिएको वाणिज्य संघ वर्दिवासका अध्यक्ष प्रल्हद क्षेत्रीले बताए। 

महोत्सवमा १ सय ५० वटा स्टल रहने छ।