कुन्दु, अफगानिस्तान- अफगानिस्तानमा लडाकूको आक्रमणमा परी कम्तीमा १३ जना प्रहरी अधिकारी मारिएका छन् ।
सुरक्षा चेकपोष्टमा आइतबार एक पछि अर्को गरी भएको लडाकूहरुको आक्रमण अर्का एक जना प्रहरी हराइरहेको पनि अफगानीस्तानी सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
“तेह्र जनाभन्दा बढी सुरक्षाकर्मी तालिवान लडाकूहरको आक्रमणमा परी मारिएका छन्, लडाकूहरुले आइतबार विहानै कुन्दुज प्रान्तको खानबाड जिल्लामा रहेको सुरक्षा चेकपोष्टमा आक्रमण गरेका थिए,” जिल्ला प्रमुख हायातुल्लाह अमिरीले सिन्ह्वासँग भने। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।