काठमाडौं– नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्माले प्रतिबन्द र बम दुवै समाधान नभएको बताएका छन्।
'प्रतिबन्ध समाधान होइन बम पड्काउनु त झन हुँदै होइन चाहिएको हो समाधान', कवितात्मक शैलीमा शर्माले लेखेका छन्, 'संविधानभित्रै मत,जनमत र अभिमत मार्फत खोजौ आ-आफ्ना समाधान।'
सरकारले केही दिनअघि विप्लव नेतृत्वको माओवादीको गतिविधिमाथि प्रतिबन्द लगाएको थियो। सरकारी निर्णयप्रति नेकपाकै नेताहरुबाट फरकफरक धारणा आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।