काठमाडौं- फिल्म ‘अघोरी’को निर्माण घोषणा भएको छ।
बिहीबार काठमाडौंको भद्रकाली मन्दिरमा निर्माण युनिटले फिल्मको औपचारिक निर्माण घोषणा गरेको हो।
बिलभ्ड इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुति तथा भोमन कटुवालको निर्देशनमा निर्माण हुने फिल्ममा राधादेवी कटुवालको लगानी रहनेछ।
फिल्ममा पज्ज्वल गिरी, शारदा राज्यलक्ष्मी शाह, मुनम मल्ल ठकुरी उमेश खड्का लागयतको अभिनय रहने छ।
पवन गौतमको छायांकन, राजु किराँतको द्वन्द रहने फिल्म चैत १ गतेबाट फ्लोरमा जानेछ।
फिल्मलाइ पूर्व नेपालका विभिन्न स्थान लगायत काठमाडौं, मुस्ताङ र दुवईमा छायांकन गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।