कानपुर (एजेन्सी)– भारतीय क्रिकेट कप्तान विराट कोहलीले न्युजिल्यान्ड विरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीयमा ३ वटा कीर्तिमान बनाएका छन्।
उनले एकदिवसीयमा ३२ सतक पूरा गर्ने क्रममा यो कीर्तिमान बनाएका हुन् । विराट एकदिवसीयमा सबैभन्दा छिटो ९ हजार रन पूरा गर्ने ब्याट्सम्यान बनेका छन् । उनले ७८ रन बनाएर सबैभन्दा छिटो ९ हजार रन पुरा गर्ने कीर्तिमान बनाए।
यस्तै, उनले रोहित शर्मासँग मिलेर चौथो पल्ट २ सयभन्दा बढी रनको साझेदारी गरेका छन् । एकदिवसीयमा कुनै पनि जोडीले ४ पल्ट २ सयभन्दा बढी रनको साझेदारी गरेको यो पहिलो अवसर हो।
उनले कप्तानको भूमिकामा यो वर्ष सर्वाधिक रन बनाएका छन् । कोहलीले यही वर्ष १ हजार ४ सय ३७ रन पूरा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।