काठमाडौं– महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) प्रकाश चन्द्र घिमिरेले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी प्रहरी सेवामा प्रवेश गरेको पाइएको छ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्ने उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आएपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेर अनुसन्धान सुरु गरेको छ।
सई घिमिरेले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, बाराणसी, भारतबाट प्राप्त इन्टरमिडियट तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सेवामा प्रवेश गरेको पाइएपछि अख्तियारले मुद्दा दायर गरेर अनुसन्धान सुरु गरेको हो।
साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको देखिन आएकाले सोही बमोजिम कारबाहीका लागि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।