कानपुर (एजेन्सी)– भारतीय कप्तान विराट कोहलीले एकदिवसीयमा ३२ औं सतक पुरा गरेका छन्। उनले न्युजिल्यान्ड विरुद्ध हाल कानपुरमा भइरहेको तेस्रो तथा निर्णायक एकदिवसीयमा ९६ बलमा सतक पुरा गरेका हुन्।
न्युजिल्यान्ड विरुद्ध पहिलो एकदिवसीयमा पनि कोहलीले सतक प्रहार गरेका हुन्। उनले गत साता अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङको एकदिवसीयमा रहेको ३० सतकको कीर्तिमानलाइ पछाडि छोडेका थिए। एकदिवसीयमा सतक बनाउने मामिलामा विराट दोस्रो स्थानमा छन्।
उनीभन्दा बढी भारतका पूर्व ब्याट्सम्यान सचिन तेन्दुलकरले ४९ सतक बनाएका छन्। आज विराटले १ छक्का र ८ चौकाको सहयोगले सतक पुरा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।