काठमाडौं– पार्टीमा औपचारिक छलफल नभई नेकपा सरकारले विप्लव पार्टीको गतिविधिलाई प्रतिबन्द गरेको नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले बताएका छन्।
आज बसेको मन्त्रिपरिषद् बैठकले विप्लव पार्टीको गतिविधि प्रतिबन्ध गर्ने निर्णय गरेपछि नेकपा पार्टीभित्रै असन्तुष्टि पैदा भएको हो।
नेपाल लाइभसँग कुरा गर्दै पौडेलले भने, 'राजनीतिक तवरले हल गर्नुपर्ने हो। राज्यको नियन्त्रणबाट बाहिर गएको थिएन। पार्टीमा औपचारिक छलफलसमेत भएन।'
त्यसैगरी नेकपा नेता बिष्णु रिजालले यसरी गतिविधि प्रतिबन्ध गर्नु एक दुर्भाग्यपूर्ण र अनौठो निर्णय भएको बताए। उनले एक ट्विट्मार्फत प्रतिक्रिया दिए, 'यसले देशलाई अराजकतामा पुर्याउनेछ। यो विवादको औपचारिक घोषणा हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।