वासिङ्टन (एजेन्सी)- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति जोन एफ केनेडीको हत्यासँग जोडिएका सबै दस्तावेज सार्वजनिक गर्ने वचन दिएका छन्।
उनले केनडीको हत्या सम्बन्धमा हालसम्म उठिरहेको विवादलाई पूर्णविराम लगाउन सबै दस्तावेज सार्वजनिक गर्ने बताएका हुन्।
अमेरिकाबाट प्रकाशित केही समाचार एजेन्सीले ट्रम्पको ट्विटलाई महत्व दिँदै लेखेका छन्, ‘जनरल केली, सिआइए र अन्य एजेन्सीसँग छलफल गरेपछि केनेडी हत्याकाण्डको दस्तावेज सार्वजनिक गर्नेछु। तर, यसमा ती व्यक्तिको नाम हुने छैनन्, जो अहिलेसम्म जीवित छन्।’
ट्रम्पले भनेका छन्, ‘म पारदर्शीताका लागि यो गर्दैछु। केनेडी हत्यामा षड्यन्त्रको सबै अड्कल समाप्त गर्ने चाहना छ।’
ट्रम्पले शुक्रबार नै ‘नेशनल आर्काइभ’ लाई अप्रकाशित २ हजार ८ सय ९१ दस्तावेज सार्वजनिक गर्न आदेश दिएका थिए तर एफबिआईको दबाबपछि यो सम्भव हुन सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।