काठमाडौं- ‘चन्दा मागेर, मान्छे मारेर पनि राजनीति हुन्छ? त्यो विप्लव समूहलाई बन्देज लगाउने निर्णय गरौं’, मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीको भनाइ उधृत गर्दै अर्का एक मन्त्रीले भने, ‘यसरी हुँदैन। हामीले आवश्यक कारबाही गर्नुपर्छ। त्यो त अपराधी समूह हो।’
विप्लव माओवादीलाई कडाइ गर्ने र प्रशासनिक रूपमा कारबाही अगाडि बढाउने निर्णय मन्त्रिपरिषदले गरेको छ।
यतिसम्म कि प्रधानमन्त्री ओलीले विप्लव समूह आपराधिक समूह भएकाले उसलाई राजनीतिक रूपमा नलिन मन्त्रिहरुलाई सल्लाह दिएका थिए।
‘बैठकले विप्लव नेतृत्वको नेकपाका क्रियाकलाप नियन्त्रण गर्ने प्रकारको निर्णय पनि गरेको छ,’ ती मन्त्रीले भने, ‘तर बैठकको माइन्यूट लेखिँदा कसरी र कुन शैलीमा लेखिन्छ, अहिले केही भन्न सकिन्न।’
पटकपटक वार्ताका लागि पहल हुँदा पनि सकारात्मक नभएपछि विप्लव समूहप्रति सरकार कठोर भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।