लाहोर (एजेन्सी)– श्रीलंकाली क्रिकेट टोली कडा सुरक्षा व्यवस्थाका बीच ८ वर्षपछि क्रिकेट खेल्न पाकिस्तान पुगेको छ।
सन् २००९ मा श्रीलंकाली टोलीको बसमाथि लाहोरमा आतंकवादी हमला भएको थियो। यो घटनामा ८ सर्वसाधारणले ज्यान गुमाएका थिए।
श्रीलंकाका ७ खेलाडी र स्टाफ घाइते भएपछि पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट रद्द भएको थियो।
श्रीलंकाली टोली शनिबार लाहोर पुग्दा कडा सुरक्षा व्यवस्था प्रदान गरिएको थियो। खेलाडी बसेको पाँचतारे होटलमा बम निरोधक दस्ता तैनाथ गरिएको छ।
श्रीलंकाली टिम विमानस्थलबाट होटल नपुग्दासम्म सडकलाई पूरै शिलबन्दी गरिएको थियो। सुरक्षा खतरालाई मध्यनजर गर्दै टिमका वरिष्ठ खेलाडी तथा मुख्य प्रशिक्षक यो भ्रमणमा समावेश छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।