हेटौंडा- जन्ती बोकेको बस दुर्घटना हुँदा निधन भएका २ जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा काठमाडौं बालाजु बस्ने २० वर्षीय विकास धमला र भक्तपुर बस्ने ३० वर्षीय नवराज परियार रहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा घाइते भएका चालकसहित १४ जनालाई उपचारको लागि चुरेहिल अस्पताल हेटौंडा पठाइएको मकवानपुर प्रहरीका डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए।
भक्तपुरबाट जन्ती लिएर हेटौंडा आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस दुर्घटनामा परेको थियो।
कान्ति लोकमार्गअन्तर्गत गढी गाउँपालिका २ चैनपुर डाँडामा बस दुर्घटना भएको थियो। बसमा २८ जना सवार थिए।
दुर्घटनाको सूचना पाए लगत्तै मकवानपुर प्रहरीका डीएसपी यज्ञप्रसाद भट्टराईसहितको टोली घटनास्थल पुगी उद्धार सुरु गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।