सिन्धुपाल्चोक- मेलम्ची आयोजनामा नयाँ ठेकेदार कम्पनी आएपनि आफूहरुको पैसा नआए आयोजनाको काम अघि बढाउन नदिने स्थानीय ठेकेदारहरुले चेतावनी दिएका छन्।
मंगलबार सिन्धुपाल्चोकमा पत्रकार सम्मेलन आयोजना गरी स्थानीय ठेकेदारको बक्यौता भुक्तानी नभए मेलम्ची आयोजनामा काम गर्न नदिने उनीहरुले बताएका हुन्।
आयोजनाको तत्कालीन मुख्य ठेकेदार कम्पनी सिएमसीले स्थानीय ठेकेदारलाई ठूलो रकम बक्यौता तिर्न बाँकी रहेको उनीहरुको भनाइ छ।
यसअघि पनि पटकपटक तालुकदार निकायमा आफूहरुको रकम भुक्तानीका लागि ध्यानाकर्षण गराइसकेको तर बक्यौता तिर्ने सम्बन्धमा कुनै पनि प्रगति नभएको भन्दै उनीहरूले चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका छन्।
कार्यक्रम अन्तर्गत बाहुनेपाटीको फिल्ड अफिसमा तालाबन्दी गर्ने लगायतका कार्यक्रम समेत उनीहरुले सार्वजनिक गरेका छन्। हरेक दूई महिनामा भुक्तानी दिने गरिएको तर पछिल्लो समय भुक्तानी रोकिएको स्थानीय ठेकेदारको भनाइ छ।
खानेपानी आयोजनाले सप्लाई नरोक्न र सिएएमसीले नतिरे आफू जिम्मेवार रहेको भनेको तर आजसम्म पनि रकम भुक्तानी नभएको भन्दै स्थानीय ठेकेदारले विरोध जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।