कोलकाता (एजेन्सी)– भारतमा शनिबार सम्पन्न फिफा युथ–१७ विश्वकप फुटबलले नयाँ कीर्तिमान बनाएको छ। यसपालिकोको युथ विश्वकप दर्शकबाट सर्वाधिक प्रत्यक्ष रुपमा हेरिएको प्रतियोगिता बन्न पुगेको छ।
सन् १९८५ मा चीनमा १२ लाख ३० हजार ९ सय ७६ दर्शकले प्रतियोगिताको अवलोकन गरेका थिए। कोलकातामा ब्राजिल र मालीबीच तेस्रो स्थानका लागि भएको ‘प्ले–अफ’ खेलमा ५६ हजार ४ सय ३२ दर्शक रंगशाला पुगेका थिए। यो संख्या पूरा गर्न ६ हजार ९ सय ४९ दर्शकको आवश्यकता थियो।
तर, साल्टलेक सिटीमा ब्राजिल र मालीबीचको खेल हेर्न उपस्थित भएको संख्याले नै नयाँ कीर्तिमान बनायो।
इंग्ल्यान्ड र स्पेनबीचको फाइनलमा थप ६६ हजार ६ सय ६४ दर्शक उपस्थित थिए। पूरै प्रतियोगिता १३ लाख ४७ हजार १ सय ३३ जनाले अवलोकन गरेका थिए। युथ–१७ विश्वकप फुटबलको खेलहरु विभिन्न ६ स्थानमा आयोजना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।