स्वस्थ रहनको लागि रोग प्रतिरोधात्मक शक्तिको आवश्यक पर्दछ । स्पाले प्राकृतिक पद्धति द्धारा कुनै नकारात्मक असर नगरीकन शरिरमा शक्तिको बिकास गर्दछ । स्पामा बिभिन्न किसिमका प्राकृतिक उपचार पद्धतिहरु पर्दछन् । जसमध्ये सिरोधारा, योगा, ध्यान, बडी मसाज, एक्युप्रेसर, सौना वाथ, फुट वाथ, बडी स्क्रब, फेस मसाज, एरोमा थेरापीहरु मुख्य रुपमा पर्दछन् । स्पा भन्नाले पानीबाट गरीने सम्पूर्ण उपचार पद्धति हो । स्पा थेरापी अहिलेको बढ्दो शहरीकरण र प्रदुषित वातावरणको कारणले सबै मानिसकालागि अपरिहार्य भैसकेको छ । स्पाको बिभिन्न थेरापी द्धारा शरिरमा भएको बिकार तत्वलाई बाहिर निकाली शरिर स्वस्थ राख्न र तनावबाट मुक्त राख्न समेत मद्धत गर्दछ ।
नेपालमा धेरै स्पाहरु छन् । यसको श्रेय बड्दो स्पा प्रेमिहरुलाई नै दिन सकिन्छ । नेपालका स्पाहरु मध्ये ओम्नि स्पा एउटा यस्तो डे स्पा हो जुन झम्सिखेल स्थित स्वच्छ र शान्त वातावरणमा अवस्थित छ । ओम्निको बिशेषता भनेको दक्ष र अनुभवी थेरापिष्टहरु द्धारा गरीने स्पाका सम्पूर्ण सेवाहरुको साथ साथै ओम्नि स्पेशल ब्लान्डेड मसाज र ओम्नि स्पेशल फुल बडिस्क्रब नै हो ।
स्पाका फाईदाहरु
– बिभिन्न किसिमका जडिबुटिहरुबाट तयार गरीएको तेलले मालिस गरी शरिरको मांशपेशीमा हुने पिडा कम गर्दछ ।
– शिरोधाराले मानसिक तनावलाई कम गरी शक्तिको बिकास गर्दछ ।
– स्पामा प्रयोग गरीने सामुद्रिक नुन तथा बिभिन्न जडिबुटिको धुलो द्धारा तयार गरीएको बडी स्क्रबले छालालाई नरम र चम्किलो बनाई स्वस्थ राख्न मद्धत गर्दछ ।
– स्टिम बाथ वा सौना वाथले शरिरमा रहेको बिभिन्न किसिमका बिकार युक्त तत्वहरुलाई पसिनाको रुपमा शरिरबाट बाहिर निकाल्न मद्धत गर्दछ । जसको कारण मानिसलाई ताजापनको महसुस हुनुको साथै सौन्दर्य र उर्जा शक्तिको बिकास पर्दछ ।
– स्पामा बिभिन्न किसिमका वाथहरु ह्ुन्छन् जस्तै फलावर डस्ट वाथ, अरोमा वाथ, सि सल्ट वाथ, सन वाथ, मड वाथ, स्टिम वाथ, सौना वाथ, मिल्क वाथ, ह्वाईटिनिङ वाथ, हनी वाथहरु बिशेष पर्दछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।