मोगादिसु- सोमालियाको राजधानी मोगादिसुका दुई होटलमा शनिबार राति बम विस्फोट हुँदा मृत्यु हुनको संख्या २५ पुगेको छ। सो घटनामा ३० जना घाइते भएको प्रहरी अधिकारीले जनाएका छन्।
लगातार गोली हानाहान भएपछि घाइतेलाई सुरक्षाकर्मीले चाँडोभन्दा चाँडो उद्धार गरेका थिए। अतिवादी आतङ्कारी समूह अल शाबाबले घटनाको भन्दै जिम्मेवारी लिएको छ।
सोमालियाको राजधानी मोगादिसुमा सो विस्फोटनबाट अहिले सम्मकै धेरै क्षति पुर्याएको बताएको छ। सो घटनामा अल शबाबको हात रहेको सोमालिया सरकारले बताउदै आएको छ।
शनिबार भएका दुई विस्फोटनमध्ये एउटा विस्फोटन भएको केही समयपछि अर्को विस्फोटन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।