• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

फेरि काठमाडौंमा चम्किए कर्णालीका हिरा बिजुली 

64x64
नेपाल लाइभ सोमबार, फागुन २७, २०७५  १४:०१
1140x725

धेरै वर्षपछि केही हप्ताअघि मात्रै सिंहदरबार पूर्वी गेटमा एकाएक झुल्कियो हिरा बिजुली नेपालीको अनुहार। कर्णालीको घामपानीले उनको 'सावलो' अनुहारको रङ अझै गाढा बनाएको थियो। नसप्रेका दाह्रीजुँगा संरक्षित अनुहारमा अनौठो चमक थियो।

‘कहाँबाट देखियो अनुहार?’, जम्काभेटमा भलाकुसारी थालियो।

उनी मुस्कुराए मात्रै। एकछिन यताउति नियालेपछि भने, ‘विदेश थिइनँ। हाम्रै देशको अर्को देशमा थिएँ।’

उनको घुमाउरो जवाफको आसय ‘कर्णाली थिएँ’ भन्ने बुझ्न गाह्रो भएन। उनी कर्णालीलाई 'देश भित्रको देश' ठान्छन्।

नजिकैको पसलमा सँगै कालो चिया पिउने अफर स्वीकार्दै उनले आफू राजधानीबाट हराउनुको कारण बताए। फेरि काठमाडौं आउनुको अर्थ सुनाए र कर्णालीमा बसेर कला क्षेत्रका लागि गरिरहेको कामको बेलिविस्तार लगाए।

अब उनी हराउनुको कथा भन्न थाले। केही वर्षअघि नाटक ‘सुनेकेशरी’मा अभिनय गरेपछि उनलाई महसुस भयो, 'कर्णालीको भाषा, कला, संस्कृति, बाजा र मौलिकता सब जोखिममा छ।'

कर्णाली क्षेत्रकै लोककथा टिपेर सत्यमोहन जोशीले लेखेको कथामा आधारित थियो नाटक ‘सुनकेशरी’। 

Ncell 2
Ncell 2
nimb
nimb

नाटकले कर्णालीको भाषा बोल्ने पात्र खोज्थ्यो। त्यहीँको लयमा गीत गाउने कलाकार खोजिरहेको थियो। त्यहीँको बाजा खोजिरहेको थियो। नाटकभरि त्यहाँ बोलिने भाषा हिराले मात्रै बोले। अरुलाई त आए पो बोल्नु? बाजादेखि भेषभुषासम्म जुगाड गरियो। काम चलाइयो।

उनी त्यसपछि राजधानीमा चम्किँदै गरेको करियर, उकासिँदै गरेको आर्थिक अवस्थाको मोहजालबाट उम्किएर आफ्नै जिल्ला मुगु पुगे। सुरुमा ‘कर्णाली थिएटर’का नाममा स्थानीयलाई नाटकका स्वाद चखाए। बिस्तारै त्यसलाई 'कर्णाली आर्ट सेन्टर'मा परिणत गरे।

हिरा बिजुली, नाटक प्रेमीका लागि नौलो नाम भने होइन। नेपाली नाटक इतिहासमा पहिलोपल्ट धेरै दर्शक नाटक घरसम्म ओराल्ने ‘कर्णाली दख्खिन बग्दो छ’मा देखिएका थिए उनी।

त्यसपछि उनले कलामा इच्छुक मुगाली केटाकेटीहरु जम्मा गरेर आफूले जानेका सीप सिकाए। आफू कर्णाली फर्किनुको उद्देश्य बुझाए। १२ जनाको समूहसँगै उनी पूर्णरुपमा कर्णाली आर्ट सेन्टरमै केन्द्रित छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यतिबेला यी १२ मा ६ थपिएर १८ जना भएका छन्। सबै काठमाडौंमा छन्। मण्डला थिएटरमा कर्णालीकै भेषभूषा, भाषा  र कथामा आधारित नाटक ‘गर्भ छिंटा’ देखाइरहेका छन्।

‘गर्भ छिंटा’ कर्णाली र सुदूरपश्चिमका जिल्लाहरुमा भएको एउटा प्रचलन हो। जहाँ बच्चा पेटमै रहँदा बिहेबारी हुन्छ। बच्चाहरु हुर्किँदै जाँदा पेटमै बिहे भएको/भएकी जीवनसाथी मन पराउन पनि सक्छन्, नपराउन पनि। तर, बिहेचाहिँ हुन्छ। यसले पार्ने सामाजिक प्रभावमाथि बिजुली आफैंले नाटक लेखन, निर्देशन र अभिनय पनि गरेका छन्।

०००

हिरा बिजुली, नाटक प्रेमीका लागि नौलो नाम भने होइन। नेपाली नाटक इतिहासमा पहिलोपल्ट धेरै दर्शक नाटक घरसम्म ओराल्ने ‘कर्णाली दख्खिन बग्दो छ’मा देखिएका थिए उनी। कर्णालीको जनजीवनमाथि बनेको उक्त नाटक गुरुकुलमा मञ्चन भएको थियो। त्रिविका विद्यार्थी र केही साहित्य, कलाप्रेमी दर्शकमाझ नाटक देखाएर रंगमञ्चको भोकतिर्खा मेटिरहेका सुनिल पोखरेललाई यही नाटक हेर्न उर्लेको दर्शकको भीडले हौस्याएको हो। यही नाटककाे सफलताले नै सहरभरि थिएटर फैलाएको हो।

१० वर्षमा हिराले कर्णालीमा गरेको संघर्षको नतिजा हो नाटक 'गर्भ छिटा'। उनले त्यहाँ स्थानीय कथा बटुले, स्थानीय कलाकार बटुले, पहिरन बटुले, भाषा बटुले र त्यसलाई पोको पारेर राजधानी ल्याइपुर्‍याएका छन्। तर, राजधानीले भेउ पाइसकेको रहेनछ।

बिजुलीको अभिनय कला ‘द ग्रेट सर्कस’, ‘चराहरुको सम्मेलन’ हुँदै', ‘सुनकेशरी’सम्म काठमाडौंकै नाटक घरमा देखियो। 'सुनकेशरी' पछि उनी भने एकाएक हराए। उनी जसैगरी थिएटरबाट हराएका उनका सहकर्मी फिल्ममा देखिन थाले। तर, उनी भने हराएको हरायै भए। कहाँ गए ‘सुनेकेशरी’ नाटकमा अभिनय गरेपछि?

हो, त्यसैको उत्तर दिन्छ यो नाटकले। यी १० वर्षमा हिराले कर्णालीमा गरेको संघर्षको नतिजा हो यो नाटक। उनले त्यहाँ स्थानीय कथा बटुले, स्थानीय कलाकार बटुले, पहिरन बटुले, भाषा बटुले र त्यसलाई पोको पारेर राजधानी ल्याइपुर्‍याएका छन्। तर, राजधानीले भेउ पाइसकेको रहेनछ। आइतबार बेलुकी मण्डला थिएटर पुग्दा त्यस्तै महसुस भयो। किनभने अपेक्षित दर्शक थिएनन्।

मन कटक्क भयो। प्रश्नकाे उफाल उठ्यो- ‘कर्णालीमा नाटक घर खोल्ने सपना बोकेर राजधानीको सफर गरेका यी स्वप्नजीविमाथि के बितिरहेको होला?’

नाटक सकिएपछि सावलो अनुहारका हिराले दाँतको चमकसाथ भने, ‘नाटक घर बनाउन पाए यो निष्ठुरी काठमाडौंलाई नाटक हेरिदेऊ भनेर यहाँसम्म आउन त पर्दैनथ्यो।’

त्यसपछि हामीले एकलट आफैंले सुर्क्याइरहेको कालो चियातिर मात्रै हेर्‍यौं।

‘अँ, साँच्ची कर्णालीमा के गरिरहनुभएको छ नि?’, मैले प्रसंग मोड्न चाहें।

उनले कर्णाली आर्ट सेन्टरमार्फत मौलिकता र संस्कृति जोगाउने अभियान चलाइरहेको बताए। विशेष गरी नयाँ पुस्तालाई परम्परागत लोकबाजा, लोकगीत, संस्कृति र भाषाका बारेमा उनको समूह प्रशिक्षण दिइरहेको छ। ‘हरेक हप्ता हामी कुनै एउटा स्कुलमा पुगेर विद्यार्थीहरुलाई यस विषयमा प्रशिक्षण दिन्छौं। महत्व बुझाउँछौं,’ उनले अनुभव सुनाए, ‘हाम्रो यो अभियानले त्यहाँ स्थानीय र शिक्षकहरु असाध्यै खुसी हुनुहुन्छ।’

उनी आफ्नो कर्ममा सन्तुष्ट छन्। भन्दै थिए, ‘हाम्री आमाले गाउन बिर्सिसकेको मांगल (एक प्रकारको गीतको लय) यी नयाँ पुस्ताका बहिनीहरुलाई गाउने बनाइयो। यिनले अरुलाई सिकाउलान्। संस्कृति यसैगरी हो अब जोगाउने।’

मुगु छायाँनाथ रारा नगरपालिकाको भामबाडाका बिजुलीलाई सुरुमा स्थानीयहरु पढेको मान्छेले जागिर नखाएर त्यसै भड्किएको भन्दै काम गर्न सुझाउँथे। अहिले स्थानीयहरु उनको अभियानमा सकेसम्म सहयोग गर्छन्। सही मार्ग पकडेको भन्दै प्रशंसा गर्छन्।

कर्णाली आर्ट सेन्टरको आफ्नो उद्देश्य  छँदैछ। अरुका उद्देश्यमा आफ्नोपन मिसाएर यसलाई जिवित राख्न उनी अहिलेसम्म सफल छन्। विभिन्न विषयमा सचेतना फैलाउने सरकारी र गैह्रसरकारी संस्थाको सहयोगी यो आर्ट सेन्टर छ। नाटक र कलाको माध्यमबाट उनीहरुका कुरा स्थानीयले बुझ्नेगरी पुर्‍याउने काम पनि उनले गरिरहेका छन्। भन्छन्, ‘यसले हामीलाई जोगाइरहेको छ। हामी संस्कृति जोगाउन खोजिरहेका छौं।’

‘कर्णालीसँग दुःख अपरम्पार छन्। अभाव एनजिओको एजेन्डा बन्यो। तर, यहाँ रहेका सम्पत्ति कसैले देखेनन्।'

अघिल्लो पुस्ताको अवसान सँगसँगै लोकबाजा बजाउने सीप हराउने कुरामा उनी सचेत छन्। त्यसैले नयाँ पुस्ताकालाई उक्त सीप सिक्न उनी प्रेरित गरिरहेका छन्। आफ्नै आँखाअघि ‘दुई फुक्या सहनाइ’ (फुक्ने ठाउँ दुइटा भएको सहनाइ) बजाउने मान्छेको अभाव भएकोमा उनलाई थकथकी लागिरहन्छ। भन्छन्, ‘मैले एकजना हजुरबाले बजाएको सुनेको हुँ। उहाँबाट त्यो सीप कसैले सिकेन। अहिले बजाउने मान्छे नै छैन।’

‘कर्णालीसँग दुःख अपरम्पार छन्। अभाव एनजिओको एजेन्डा बन्यो। तर, यहाँ रहेका सम्पत्ति कसैले देखेनन्,’ उनको गुनासो छ।

त्यसैले उनी अहिले यसका लागि स्थानीय र प्रदेश सरकारको आँखा समेत खोल्न लागिपरेका छन्। ‘आशा देखाउनुभएको छ,’ भरोसा नरहेको संकेत गर्दै भने, ‘तर, हामी अब कुनै पनि मूल्यमा हाम्रो संस्कृति जोगाएर छाड्छौं।’

यति पढिरहँदा नबिर्सिदिनुहोस्, कर्णालीका १८ अनुहार। जो अहिले राजधानीमा नाटक देखाइरहेका छन्। एकपल्ट नाटक हेर्नुहाेस्, ‘मन पर्ने मात्रै होइन, कर्णालीका यी कलाकारहरुको फ्यान भएर निस्किनुहुनेछ।’

सोमबार बाहेक बेलुकी ५ बजेदेखि नाटक ‘गर्भ छिटा’ मञ्चन भइरहेको छ।

प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५  १४:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्