प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरूको सम्पत्ति विवरणबारे अनेकन् टिकाटिप्पणी भइरहेका बेला गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिमाथि उठेका प्रश्नहरूको जवाफ दिएका छन् ।
उनले आफूले सरकारमा आउनुअघि नै भ्रष्टाचार नगरेरै धन आर्जन गरेको बताएका छन् । भ्रष्टाचार नगरी सम्पत्ति कमाउनु पाप नहुने उनको भनाइ छ ।
उनले सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु भने पाप ठहर्ने स्पष्ट पारेका छन् । उनले गरिब भएर जन्मिनु गल्ती नहुने तर मर्दा गरिब भइयो भने आफ्नै गल्ती हुने कथन पनि स्मरण गराएका छन् ।
सामाजिक सञ्जालमा गृहमन्त्री गुरुङको यस्तो टिप्पणी सार्वजनिक भएको हो ।
सरकारले हिजो सार्वजनिक गरेको सम्पत्ति विवरणबारे सामाजिक सञ्जालमा व्यापक चर्चा र बहस भइरहेको छ । सम्पत्ति विवरण हेर्दा बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरू एक से एक धनाढ्य देखिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।