म्याड्रिड– स्पेनिस ला लिगमा रियल म्याड्रिडले रियल भोलडोलिडमाथि ४–१ को जित निकालेको छ।
खेलमा अग्रता भने भोलडोलिडले २९ मिनेटमा मोहमेदको गोलबाट लिएको थियो। ३४ मिनेटमा राफायल भारेनले बराबरी गोल फर्काए। करिम बन्जिमाले ५१ र ५९ मिनेटमा गरी दुई गोल गर्दा रियलले अग्रता लियो।
खेलको ८० मिनेटमा कासिमेरो दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य हुँदा रियल १० खेलाडीमा सीमित बन्यो।
रियलका लागि चौथो गोल लुका मोड्रिकले खेलको ८५ मिनेटमा गरेका थिए।
अंक तालिकामा ५१ अंक जोड्दै रियल तेस्रो स्थानमा छ। शीर्ष स्थानको बार्सिलोनाको ६३ र दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ५६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।