सेन्ट किट्स– इंग्ल्यान्डविरुद्धको टी–२० सिरिजमा वेस्ट इन्डिजले खराब ब्याटिङ गरेको छ। दोस्रो खेलमा ४५ बलमा अलआउट हुँदा सिरिज गुमाएको वेस्ट इन्डिज तेस्रो खेलमा ७२ रनमा अलआउट भयो।
वेस्ट इन्डिजमाथि ८ विकेटको जित निकालेको इंग्ल्यान्डले सिरिज ३–० ले कब्जा गर्यो।
पहिले ब्याटिङ गरेको घरेलु टिम वेस्ट इन्डिज १३ ओभरमा अलआउट हुँदा कुनै पनि ब्याट्सम्यानले १५ रन पनि बनाउन सकेनन्। वेस्टइन्डिजको इनिङ ध्वस्त पार्ने क्रममा इंग्ल्यान्डका डिजे विलीले ४ विकेट लिए। मार्क उडले ३ र अदिल रसिदले २ विकेट लिए।
७३ रनको लक्ष्य इंग्ल्यान्डले १०.३ ओभरमा २ विकेटको क्षतिमा पार गर्यो। इंग्ल्यान्डका लागि एलेक्स हल्सले २० र जोनी बइस्टोले ३७ रनको योगदान दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।