चण्डीगढ– भारतविरुद्धको चौथो एकदिवसीय खेलमा अस्ट्रेलियाले रोमाञ्चक जित हात पारेको छ। अस्ट्रेलियाले घरेलु टिम भारतविरुद्ध ४ विकेटको जित निकाल्दै सिरिज २–२ को बराबरी गरेको छ।
भारतले दिएको ३ सय ५९ रनको लक्ष्य अस्ट्रेलियले १३ बल बाँकी छदा ६ विकेटको क्षतिमा पार गर्यो। अस्ट्रेलियाका लागि पिटर ह्यान्डकमले १ सय १७ रन जोड्दा अस्टन टर्नरले ४३ बलमा ५ चौका र ६ छक्काको मद्दतमा नटआउट ८४ रन जोडे। बलिङमा भारतका जसप्रित बुमराहले ३ विकेट लिए।
त्यसअघि भारतका लागि ओपनिङ ब्याट्सम्यान शिखर धवनले १ सय ४३ र रोहित शर्माले ९५ रन जोडेका थिए। बलिङमा अस्ट्रेलियाका पाट कमिङ्ग्सले ५ विकेट लिँदा जे रिचार्डसनले ३ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।