म्यानचेस्टर– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वाटफोर्डमाथि ३–१ को जित निकालेको छ।
सिटीको जितमा रहिम स्टर्लिङले ह्याट्रिक पूरा गरेका छन्। उनले खेलको ४६,५० र ५९ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका थिए। वाटफोर्डका हेउलोफेउले ६६ मिनेटमा गरेको गोल खेलमा फर्कन पर्याप्त बन्न सकेन।
लिगको अन्तय खेलमा ब्रिङ्गटनले क्रिस्टल प्यालेसलाई २–१,साउथह्याम्टनले टोटनह्यामलाई २–१, न्युकासलले एभर्टनलाई ३–२ र लेस्टरले फुलह्यामलाई ३–१ ले पराजित गरेका छन्।
लिगको शीर्ष स्थानमा रहको म्यानचेस्टर सिटीले ३० खेलबाट ७४ अंक जोडेको छ। दोस्रो स्थानको लिभरपुलको २९ खेलबाट ७० अंक भएको छ। तेस्रो स्थानमा रहेको टोटनह्यामले ६१ अंक बटुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।