• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

'विप्लवकाे गतिविधिले शान्ति सुरक्षामा थप चुनौती ल्याउनसक्ने'

64x64
नारायण अधिकारी आइतबार, फागुन २६, २०७५  ०७:१६
1140x725

काठमाडौं- अर्धभूमिगत नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) को कपिलवस्तुस्थित गाउँ शिवगढीमा प्रहरीले बिहीबार सर्च अपरेसन चलायो।

शिवराज नगरपालिका–९ स्थित शिवगढीलाई विप्लव समूहको 'मिनी रोल्पा' पनि भनिँदै आएको छ। ५ नम्बर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको टोलीले शिवगढी गाउँमा संयुक्त सर्च अपरेसन चलाए।

कपिलवस्तुको चन्द्रौटा बजारदेखि करिब ५ किलोमिटर पश्चिम–दक्षिणको इलाका शिवगढी गाउँमा सर्थ अपरेसन गर्दा प्रहरीमाथि नै स्थानीय बासिन्दा जाइलागे। सो क्रममा दुई जना प्रहरी सामान्य घाइते भए। विप्लवको घरसहित गाउँ नै खानतलासी गर्ने क्रममा प्रहरीले ठूलो मात्रामा हतियार र विस्फोटक पदार्थसमेत बराद गर्न सफल भयो। 

प्रहरीले एसएमजी २ थान, त्यसको गोली ६८ राउन्ड, त्यसको म्यागजिन ३ थान, ५४ टाइप पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान, त्यसको गोली ३ राउन्ड, ५.५६ क्यालिभरको राउन्ड १ सय ३१ पिस, थप म्यागजिन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरु १ बोरा (२५ केजी) बरामद गर्‍यो।

यसभन्दा अघि फागुन १५ गते प्रदेश–१ प्रहरीले धरानबाट एलएमजी (लाइट मेसिन गन) र एम–१६ एकएक थानसहित विप्लव समूहका संगीत भनिने देवकुमार लिम्बूलाई पक्राउ गरेको थियो। मोरङ केराबारी गाउँपालिका–१० बाहुनीका ४२ वर्षीय लिम्बू मे ५ प ७५ नम्बरको मोटरसाइकल सवार थिए। उनलाई जाँच गर्दा उक्त हतियार फेला परको थियो। लिम्बूले बोराभित्र कपडाले र्‍याप गरेर हतियार लुकाएर हिँडेका थिए।

एक हप्ताको अन्तरालमा प्रहरीले विप्लव समूहबाट यति ठूलो मात्रामा अत्याधुनिक हतियार बरामद गरेको हो। अब स्वाभाविक रुपमा प्रश्न उठ्छ– उक्त हतियार कति खतरनाक छन्? 

यसबारे सुरक्षा निकायले पनि मुख खोलेको छैन। तर सुरक्षा दृष्टिले हेर्ने हो भने यी अत्याधुनिक हतियार निकै खतरनाक देखिन्छन्। यसको संकेत विप्लव समूह कति शक्तिशाली बन्दै गएको छ भन्ने बलियो प्रमाण पनि हो। सरकारले समयमै सम्बोधन नगरे ठूलो सुरक्षा चुनौती आइलाग्ने सुरक्षा विज्ञहरु बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

'यस्ता गतिविधिका लागि राज्य संयन्त्र जति सचेत र तयार हुनुपर्ने हो, त्यसमा चुकिरहेको छ,' नेपाल प्रहरीका पूर्वएआइजी नवराज ढकाल भन्छन्, 'आगामी दिनमा यसले थप शान्ति सुरक्षामा चुनौती ल्याउन सक्ने देखिन्छ।'

राज्यले सम्बोधन गर्ने खालमा माग भए सम्बोधन गर्न सकिने र गैरकानुनी गतिविधि हो भने त्यही अनुसार कानुनी दायरामा ल्याई कारबाही गर्न सकिने उनी बताउँछन्।

बरामद हतियार कति खतरनाक? 
एम–१६ 
यो हतियार तीन सुरक्षा निकायमध्ये नेपाली सेनासँग मात्रै छ। एक लाख सेनामा एम–१६ त १५ हजार थानको हाराहारीमा मात्रै छ। अमेरिकी हतियार एम–१६ राइफल उत्कृष्ट पर्सनल हतियारको रुपमा चिनिन्छ। 

बरामद एम–१६ ए २ भर्सन हतियार ५ दशमलव ५६ क्यालिभरको राइफल हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

१०० दशमलव ६६ सेन्टिमिटर लामो एम–१६ को ब्यारल भने ५१ सेमी हुन्छ। यो हतियारको वजन म्याग्जिन र सिललिंग बाहेक ७ दशमलव ७८ पाउन्ड अर्थात् ३ किलो ५३ ग्राम हुन्छ। ३० राउण्ड गोली क्षमता भएको म्याग्जिन लोड गर्दा यसको वजन झन्डै ४ किलो हुन्छ। 

यो हतियारको रेञ्ज क्षमता ५ सय ५० मिटर प्वाइन्ट टार्गेट हो भने ८ सय मिटरसम्म एरिया टार्गेटको रुपमा प्रयोग गर्न सकिन्छ। ३ किलोमिटर ६ सय मिटरसम्म यसले मार हान्न सक्छ। ३६ सय मिटर मार हान्दा ३ गोली बराबर १ गोली टार्गेट प्वाइन्टमा लाग्ने सुरक्षाकर्मीहरुले विश्वास गर्छन्। 

यसको रेट अफ फायर भने प्रतिमिनेट ९० राउन्डससम्म हुन्छ। सेमी अटोमेटिकमा प्रतिमिनेट ४५ राउन्ड, अटोमेटिकमा ९० राउन्ड र स्टेसनमा १२ देखि १५ राउन्ड गोली प्रहार गर्न सक्ने क्षमता हुन्छ। यो हतियार आल्मोनियम र ब्यारलभित्र क्रोमो प्लेटिङबाट बनेको हुन्छ। यस किसिमको पर्सनल अमेरिकन हतियार एम–१६ निकै शक्तिशाली मानिन्छ। जुन विप्लव समूहबाट बरामद भइसकेको छ।

एलएमजी
विप्लव समूहबाट बरामद गरिएको अर्को हतियार हो एलएमजी। यो एम–१६ भन्दा पनि बलियो हतियार मानिन्छ। सैनिक हवल्दारको कमान्डमा ११ जनाको एउटा सेक्सनमा एलएमजी दुई वटा हुन्छ। एलएमजी ११ जनाको सेक्सनको सबैभन्दा पावरफुल हतियार हो। यो हतियार लेस नायकले बोक्छन्। 

एलएमजी हतियार माउन्ट गरेर बोक्न मिल्छ। जसका लागि बाइपोड र ट्राइपोड प्रयोग गरिन्छ। एलएमजी मेसिनगन भएकाले यो हतियार कुनै व्यक्तिले भन्दा पनि एउटा समूहले प्रयोग गर्छन्। भारतमा निर्मित यो हतियार एक समूहले अर्को समूहलाई लक्षित गरेर फाइरिङ गर्नुपर्दा प्रयोग गरिन्छ।

७ दशमलव ६२ क्यालिभर क्षमताको एलएमजीको लम्बाइ ११३० एमएम हुन्छ। यो मेसिनगनको वजन १९ पाउन्ड ५ औंस अर्थात् ९ किलो १ सय ८५ ग्राम हुन्छ। खाली म्याग्जिनसहित २० पाउन्ड हुन्छ। यसमा लाग्ने खाली म्याग्जिनको तौल ३ सय ९८ ग्राम हुन्छ। म्याग्जिनसहित गोली लोड भएपछि यसको तौल १० किलो २ सय ९१ ग्राम पुग्छ। 

यसको रेञ्ज क्षमता बाइपडमा ५ सय मिटर, ट्राइपडमा १ हजार मिटर हुन्छ। साइड रेञ्ज भने २ हजार मिरटसम्म हुन्छ।

यो मेसिनगनले हवाईजहाज, हेलिकोप्टर खसाल्न पनि दुस्मनहरुले प्रयोग गर्छन्। २५ सय मिटरको उचाइको हवाईजहाज र हेलिकोप्टर खसाल्न सक्ने क्षमता एलएमजीसँग हुन्छ। एमएमजीमा ३० राउन्डसम्मको गोली लोड गर्न मिल्छ।

यो मेसिनगनमा सिंगल सट, साधारण ब्रष्ट, र्‍यापिड र साइक्लिक गरी चार वटा रेट अफ फायर हुन्छन्। आफ्नो आवश्यकता अनुसार कति चाँडो फायरिङ गर्नपर्ने हो त्यसै अनुसार रेट अफ फायर सेट गरेर गोली चलाउन मिल्छ।

५.५६ क्यालिभर
विप्लवको गाउँबाट ५.५६ क्यालिभरको १ सय ३१ राउन्ड गोली पनि बरामद भएको थियो। यति ठूलो मात्रामा ५.५६ क्यालिभर हतियारको गोली बरामद हुनुले विप्लवसँग सो हतियार भएको पनि संकेत गर्छ।

५.५६ क्यालिभरमा ३ प्रकारका हतियार नेपाली सेनासँग छ। एउटा ५.५६ मिमि एच बार, अर्को ५.५६ मिमि इन्सास राइफल र तेस्रो ५.५६ मिमि एलएसडब्लु (लाइट सपोर्ट विपन) हो। यी तीन मध्ये कुनै एकको गोली बरामद गरेको हो प्रहरीले। यी तीन वटै हतियार नेपाली सेनाले २०५८ सालपछि भित्र्याएको थियो। यो हतियार पनि अत्याधुनिक मानिन्छ।

यो पनि:
विप्लवको 'आधार इलाका'मा प्रहरीको अपरेसन

प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  ०७:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्