• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

प्रतिष्पर्धा रूचाउने पद्मा

64x64
नेपाल लाइभ शुक्रबार, फागुन २४, २०७५  १६:५४
1140x725

नारीवादी अभियन्ता कमला भासिन भन्छिन्, ‘हरेक व्यक्तिमा स्त्रीत्व र पुरुषत्व दुवै हुन्छ तर धेरैजसो समाजले महिलाभित्र लुकेको पुरुषत्व र पुरुषभित्र लुकेको स्त्रीत्व मौलाउन दिँदैन।’

दुनियाँले साहसलाई पुरुषत्वको रुपमा र कोमलतालाई स्त्रीत्वको रुपमा अर्थ्याइरहेको सन्दर्भमा भासिन सटिक टीप्पणी गरेकी थिइन्। भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याल त्यस्तो व्यक्ति हुन्, जसले आफूभित्रको ‘पुरुषत्व’ कहिल्यै दब्न दिइनन्। स्याङ्जा–२ बाट प्रत्यक्ष निर्वाचित उनी कुनै पनि पदका लागि सकेसम्म प्रतिस्पर्धा गर्न रुचाउँछिन्। त्यसैले उनको छवि ‘लडाकु’ बनेको छ।

अन्तर्राष्ट्रिय नारी दिवसको पूर्व सन्ध्यामा मन्त्रालयमै भेट्दा उनी संघीय संरचना अनुसारको नेपालको नक्सा सार्वजनिक गर्ने काम सकेर आरामको मूडमा थिइन्। कागजको होइन, देशकै नक्सा परिवर्तन गर्नुपर्ने जनमत प्राप्त नेकपाको सरकारलाई ‘आराम’ गर्ने छुट छैन। त्यही सरकारकी महत्वपूर्ण अंग उनले कहाँ पाउँथिन्?

उनीसँग हामी नेपाली राजनीतिमा महिलाको ‘स्पेस’का विषयमा कुरा गर्न चाहन्थ्यौं। आफूलाई कोही भन्दा कम नठानेर राजनीतिमा डटे पनि महिला भएकै कारण खेप्नुपरेका संघर्षका सुन्न चाहिरहेका थियौं। 

हाम्रो जिज्ञासामा उनको प्रतिजिज्ञासा थियो, ‘नयाँ पुस्ताले हाम्रो जमानाका संघर्ष सुन्न रुचाउला र?’

कुनै जमाना उनलाई भाषण गर्न लगाउँदा भनिन्थ्यो, ‘मुख हुँदाहुँदै नाकबाट किन पानी खाएको?’

आफ्नै कानले सुन्थिन्, ‘पोथी बासेको राम्रो हुँदैन।’ 

२०४० सालमा ‘पिस्कर हत्याकान्ड’ भयो। स्याङ्जा जिल्लामै आयोजित विरोध कार्यक्रममा मञ्चमा खिरिली केटी उक्लिई। तिखो स्वरमा वजनदार भाषण गरेर फर्की। त्यसपछि ‘पद्‌मा अर्याल’ नामकी महिला राजनीतिज्ञ चर्चा स्थानीयस्तरमा हुन थालेको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

यी त एकादेशका कथा भइगए। अहिले यो परिस्थितिमा कायाकल्प भइसकेको छ। महिलाले यो विरुद्ध संघर्ष गरेर मात्रै होइन। चेतनाको विकासले मात्रै पनि होइन, अर्याल जस्तै धेरैले आफूलाई ‘कोही भन्दा कम नभएको’ प्रमाणित गरेर हो। 

तर, परिस्थिति फेरिए जस्तै विभेदको स्वरुप पनि फेरिएको महसुस मन्त्री अर्याललाई पनि हुने रहेछ। ‘महिलाका लागि राजनीति लगायतका क्षेत्रमा चुनौतीका आकारप्रकार फेरिएका छन् तर चुनौती अझै उत्तिकै छन्,’ उनको बुझाइ छ। 

उनका अनुसार प्रतिस्पर्धा गर्ने ठाउँमा महिलाले ‘दाबी’ गर्ने गरेका छन्। तर, सहमतिका आधारमा हुने बाँडफाँडमा अझै महिलालाई ठाउँ दिन हिच्किचाउने गरिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले यसो भनिरहँदा हामीले उनी केन्द्रीय सदस्य रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै सचिवालयतिर संकेत गर्‍यौं, ‘सचिवालयमा पुग्न योग्य महिला नेकपामा अझै छैनन्?’

उनले तुरुन्तै प्रतिक्रिया जनाइन्, ‘किन नहुनु। यसरी मनोनीत हुने ठाउँमा पार्टीले ख्याल गर्नुपर्थ्यो। गरेन।’ 

‘मनोनीत गर्ने ठाउँमा पुरुष मानसिकता हाबी भएका कारण महिला पछि पर्न थालेका छन् भन्न खोज्नुभएको हो?’  हामी स्पस्ट हुन चाह्यौं। 

स्कुल छुट्दा राजनीति छाड्ने आशामा परिवारले स्कुलको शुल्क तिर्न छाड्यो। उनी परिवार छाड्न तयार भइन्, तर, राजनीतिमा लागेर सामाजिक जागरण ल्याउने कामबाट पछि हट्न चाहिनन्।

उनले सहमतिको मुस्कान फ्याँकिन्। त्यसपछि थपिन्, ‘पहिले महिलाले घरबाट फुत्किन पाए मात्रै पुग्थ्यो। अहिले हामी आफैंले प्रतिस्पर्धी क्षमताको विकास गर्न पनि जरुरी छ। आफूलाई अब्बल प्रमाणित गर्नुपर्छ। फरक क्षमता प्रस्तुत गर्न सक्नुपर्छ।’

उनले आफ्नो जीवनमा तीन चरणका संघर्ष गरेकी छिन्। सुरुमा घरबाट फुत्किनै संघर्ष गर्नुपर्‍यो। त्यसपछि पार्टीमा रहेका पुरुष नेता बराबरकै प्रतिस्पर्धात्मक क्षमताको विकास। अहिले आफूलाई फरक क्षमता समेत भएकी नेतृका रुपमा प्रमाणित गरिरहेकी छिन्। 

अहिलेका महिलाहरुसँग तीनमध्ये पहिलो ‘घरबाट निस्किन’ गर्नुपर्ने संघर्ष हटेको छ। उनले यहाँनेर आफूले घरबाट निस्किन गरेको संघर्षका केही थान घटना सुनाइन्। त्यो मिति २०३९ सालतिरको हो। त्यतिबेला उनी अनेरास्ववियु पाँचौंको सदस्य थिइन्। 

भूमिगत पार्टीका विद्यार्थी संगठन सदस्य उनलाई संगठन गर्न राति निस्किनुपर्ने भयो। परिवारले हुर्किंदै गरेकी छोरीलाई रातविरात बाहिर जान कहाँ दिनु? घरका सबै सुतिसकेपछि उनी मान्छेकै आकारमा सिरक बनाएर बेडमा राख्थिन्। 

स्कुल छुट्दा राजनीति छाड्ने आशामा परिवारले स्कुलको शुल्क तिर्न छाड्यो। उनी परिवार छाड्न तयार भइन्, तर, राजनीतिमा लागेर सामाजिक जागरण ल्याउने कामबाट पछि हट्न चाहिनन्। 

२०४० सालमा ‘पिस्कर हत्याकान्ड’ भयो। स्याङ्जा जिल्लामै आयोजित विरोध कार्यक्रममा मञ्चमा खिरिली केटी उक्लिई। तिखो स्वरमा वजनदार भाषण गरेर फर्की। त्यसपछि ‘पद्‌मा अर्याल’ नामकी महिला राजनीतिज्ञ चर्चा स्थानीयस्तरमा हुन थालेको हो। 

२०४१ सालमा स्कुलको प्रारम्भिक कमिटीकी सदस्य भएकी उनी पार्टीका जिल्ला, अञ्चल र केन्द्रका सबै समितिमा बसेर काम गरिसकेकी छिन्। २०५४ सालमा वडा सदस्य बनेकी उनी २०७५ सालमा मन्त्री छिन्। 

यो उचाइ उनी महिला भएर मात्रै पाउँथिनन्। परेको समयमा पुरुषसँगै प्रतिष्पर्धा गरेर आफूलाई प्रमाणित गर्नुको परिणाम हो। धेरै राजनीतिज्ञ महिला उनीबाट प्रभावित हुनुपर्ने महत्वपूर्ण पक्ष पनि हो यो। जस्तै: तत्कालीन एमालेको सातौं जिल्ला अधिवेशनमा पुरुष प्रतिस्पर्धीलाई उछिन्दै जिल्ला अध्यक्ष भएकी हुन्।

चुनावको दिन बुथ कब्जा रोक्न खोज्दा उनीमाथि आक्रमण भयो। उनको मोबाइल खोसेर लखेटियो। प्रहरीसँग सुरक्षा माग्दा पनि पाइनन्। बुथ कब्जा भएको घटनाले मतगणना ढिलो भयो। तर पद्‌माले विजय हासिल गरिन्। 

२०६४ सालमा उनको क्षमताको मूल्यांकन गर्दै पार्टीले समानुपातिकबाट संविधानसभामा प्रतिनिधित्व गरायो। २०७५ सालको निर्वाचनमा उनले अर्को ठूलो आँट गरिन्। समानुपातिकमा सुविधा त थियो तर एकपटकभन्दा बढी त्यो सुविधा लिन नहुने सोचाइकी हुन् उनी। त्यसैले प्रत्यक्ष निर्वाचनबाटै चुनिने बाटो रोजिन्। 

उनका आफ्नैहरुले पनि स्याङ्जा जिल्लाको २ नम्बर क्षेत्रबाट चुनाव जित्नु फलामको चिउरा चपाएसरह हो भन्थे उनलाई। किनभने तत्कालीन उपप्रधान तथा शिक्षामन्त्री अनि कांग्रेसका सक्रिय नेता गोपालमान श्रेष्ठ उनका प्रतिद्वन्द्वी थिए। उनलाई लाग्छ, ‘त्यो चुनाव, चुनाव मात्रै थिएन, राज्यसँगकै लडाइँ थियो।’

चुनाव निकै तनावपूर्ण भयो। चुनावको दिन बुथ कब्जा रोक्न खोज्दा उनीमाथि आक्रमण भयो। उनको मोबाइल खोसेर लखेटियो। प्रहरीसँग सुरक्षा माग्दा पनि पाइनन्। बुथ कब्जा भएको घटनाले मतगणना ढिलो भयो। तर पद्‌माले विजय हासिल गरिन्। 

एकपछि अर्को चुनौतीमाथि धावा बोलिरहेकी पद्माको आत्मविश्वाससमेत बढ्दै गइरहेको छ। यतिबेला उनी मन्त्री छिन्। भूमिसँग अनेकौं ‘स्वार्थ समूह’ जोडिएका छन्। यो मन्त्रालय अन्तर्गतका कार्यालयहरु ‘सुशासन’का चुनौती हुन्। किनकि मालपोत कार्यालयहरुलाई घुस र बेइमानीका अखडाका रुपमा लिइएको छ। उनी अहिले यहाँ सुधारका लागि डटिरहेकी छिन्। 

त्यसैले उनीविरुद्ध पनि यी स्वार्थ समूहरु लाग्न थालेको संकेत उनलाई मिलिसकेको छ। भन्छिन्, ‘म कुनै पनि मूल्यमा सुधार गर्ने प्रयासमा छु। लड्न त अब बानी परिसक्यो।’

प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५  १६:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्