नारीवादी अभियन्ता कमला भासिन भन्छिन्, ‘हरेक व्यक्तिमा स्त्रीत्व र पुरुषत्व दुवै हुन्छ तर धेरैजसो समाजले महिलाभित्र लुकेको पुरुषत्व र पुरुषभित्र लुकेको स्त्रीत्व मौलाउन दिँदैन।’
दुनियाँले साहसलाई पुरुषत्वको रुपमा र कोमलतालाई स्त्रीत्वको रुपमा अर्थ्याइरहेको सन्दर्भमा भासिन सटिक टीप्पणी गरेकी थिइन्। भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याल त्यस्तो व्यक्ति हुन्, जसले आफूभित्रको ‘पुरुषत्व’ कहिल्यै दब्न दिइनन्। स्याङ्जा–२ बाट प्रत्यक्ष निर्वाचित उनी कुनै पनि पदका लागि सकेसम्म प्रतिस्पर्धा गर्न रुचाउँछिन्। त्यसैले उनको छवि ‘लडाकु’ बनेको छ।
अन्तर्राष्ट्रिय नारी दिवसको पूर्व सन्ध्यामा मन्त्रालयमै भेट्दा उनी संघीय संरचना अनुसारको नेपालको नक्सा सार्वजनिक गर्ने काम सकेर आरामको मूडमा थिइन्। कागजको होइन, देशकै नक्सा परिवर्तन गर्नुपर्ने जनमत प्राप्त नेकपाको सरकारलाई ‘आराम’ गर्ने छुट छैन। त्यही सरकारकी महत्वपूर्ण अंग उनले कहाँ पाउँथिन्?
उनीसँग हामी नेपाली राजनीतिमा महिलाको ‘स्पेस’का विषयमा कुरा गर्न चाहन्थ्यौं। आफूलाई कोही भन्दा कम नठानेर राजनीतिमा डटे पनि महिला भएकै कारण खेप्नुपरेका संघर्षका सुन्न चाहिरहेका थियौं।
हाम्रो जिज्ञासामा उनको प्रतिजिज्ञासा थियो, ‘नयाँ पुस्ताले हाम्रो जमानाका संघर्ष सुन्न रुचाउला र?’
कुनै जमाना उनलाई भाषण गर्न लगाउँदा भनिन्थ्यो, ‘मुख हुँदाहुँदै नाकबाट किन पानी खाएको?’
आफ्नै कानले सुन्थिन्, ‘पोथी बासेको राम्रो हुँदैन।’
२०४० सालमा ‘पिस्कर हत्याकान्ड’ भयो। स्याङ्जा जिल्लामै आयोजित विरोध कार्यक्रममा मञ्चमा खिरिली केटी उक्लिई। तिखो स्वरमा वजनदार भाषण गरेर फर्की। त्यसपछि ‘पद्मा अर्याल’ नामकी महिला राजनीतिज्ञ चर्चा स्थानीयस्तरमा हुन थालेको हो।
यी त एकादेशका कथा भइगए। अहिले यो परिस्थितिमा कायाकल्प भइसकेको छ। महिलाले यो विरुद्ध संघर्ष गरेर मात्रै होइन। चेतनाको विकासले मात्रै पनि होइन, अर्याल जस्तै धेरैले आफूलाई ‘कोही भन्दा कम नभएको’ प्रमाणित गरेर हो।
तर, परिस्थिति फेरिए जस्तै विभेदको स्वरुप पनि फेरिएको महसुस मन्त्री अर्याललाई पनि हुने रहेछ। ‘महिलाका लागि राजनीति लगायतका क्षेत्रमा चुनौतीका आकारप्रकार फेरिएका छन् तर चुनौती अझै उत्तिकै छन्,’ उनको बुझाइ छ।
उनका अनुसार प्रतिस्पर्धा गर्ने ठाउँमा महिलाले ‘दाबी’ गर्ने गरेका छन्। तर, सहमतिका आधारमा हुने बाँडफाँडमा अझै महिलालाई ठाउँ दिन हिच्किचाउने गरिएको छ।
उनले यसो भनिरहँदा हामीले उनी केन्द्रीय सदस्य रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै सचिवालयतिर संकेत गर्यौं, ‘सचिवालयमा पुग्न योग्य महिला नेकपामा अझै छैनन्?’
उनले तुरुन्तै प्रतिक्रिया जनाइन्, ‘किन नहुनु। यसरी मनोनीत हुने ठाउँमा पार्टीले ख्याल गर्नुपर्थ्यो। गरेन।’
‘मनोनीत गर्ने ठाउँमा पुरुष मानसिकता हाबी भएका कारण महिला पछि पर्न थालेका छन् भन्न खोज्नुभएको हो?’ हामी स्पस्ट हुन चाह्यौं।
स्कुल छुट्दा राजनीति छाड्ने आशामा परिवारले स्कुलको शुल्क तिर्न छाड्यो। उनी परिवार छाड्न तयार भइन्, तर, राजनीतिमा लागेर सामाजिक जागरण ल्याउने कामबाट पछि हट्न चाहिनन्।
उनले सहमतिको मुस्कान फ्याँकिन्। त्यसपछि थपिन्, ‘पहिले महिलाले घरबाट फुत्किन पाए मात्रै पुग्थ्यो। अहिले हामी आफैंले प्रतिस्पर्धी क्षमताको विकास गर्न पनि जरुरी छ। आफूलाई अब्बल प्रमाणित गर्नुपर्छ। फरक क्षमता प्रस्तुत गर्न सक्नुपर्छ।’
उनले आफ्नो जीवनमा तीन चरणका संघर्ष गरेकी छिन्। सुरुमा घरबाट फुत्किनै संघर्ष गर्नुपर्यो। त्यसपछि पार्टीमा रहेका पुरुष नेता बराबरकै प्रतिस्पर्धात्मक क्षमताको विकास। अहिले आफूलाई फरक क्षमता समेत भएकी नेतृका रुपमा प्रमाणित गरिरहेकी छिन्।
अहिलेका महिलाहरुसँग तीनमध्ये पहिलो ‘घरबाट निस्किन’ गर्नुपर्ने संघर्ष हटेको छ। उनले यहाँनेर आफूले घरबाट निस्किन गरेको संघर्षका केही थान घटना सुनाइन्। त्यो मिति २०३९ सालतिरको हो। त्यतिबेला उनी अनेरास्ववियु पाँचौंको सदस्य थिइन्।
भूमिगत पार्टीका विद्यार्थी संगठन सदस्य उनलाई संगठन गर्न राति निस्किनुपर्ने भयो। परिवारले हुर्किंदै गरेकी छोरीलाई रातविरात बाहिर जान कहाँ दिनु? घरका सबै सुतिसकेपछि उनी मान्छेकै आकारमा सिरक बनाएर बेडमा राख्थिन्।
स्कुल छुट्दा राजनीति छाड्ने आशामा परिवारले स्कुलको शुल्क तिर्न छाड्यो। उनी परिवार छाड्न तयार भइन्, तर, राजनीतिमा लागेर सामाजिक जागरण ल्याउने कामबाट पछि हट्न चाहिनन्।
२०४० सालमा ‘पिस्कर हत्याकान्ड’ भयो। स्याङ्जा जिल्लामै आयोजित विरोध कार्यक्रममा मञ्चमा खिरिली केटी उक्लिई। तिखो स्वरमा वजनदार भाषण गरेर फर्की। त्यसपछि ‘पद्मा अर्याल’ नामकी महिला राजनीतिज्ञ चर्चा स्थानीयस्तरमा हुन थालेको हो।
२०४१ सालमा स्कुलको प्रारम्भिक कमिटीकी सदस्य भएकी उनी पार्टीका जिल्ला, अञ्चल र केन्द्रका सबै समितिमा बसेर काम गरिसकेकी छिन्। २०५४ सालमा वडा सदस्य बनेकी उनी २०७५ सालमा मन्त्री छिन्।
यो उचाइ उनी महिला भएर मात्रै पाउँथिनन्। परेको समयमा पुरुषसँगै प्रतिष्पर्धा गरेर आफूलाई प्रमाणित गर्नुको परिणाम हो। धेरै राजनीतिज्ञ महिला उनीबाट प्रभावित हुनुपर्ने महत्वपूर्ण पक्ष पनि हो यो। जस्तै: तत्कालीन एमालेको सातौं जिल्ला अधिवेशनमा पुरुष प्रतिस्पर्धीलाई उछिन्दै जिल्ला अध्यक्ष भएकी हुन्।
चुनावको दिन बुथ कब्जा रोक्न खोज्दा उनीमाथि आक्रमण भयो। उनको मोबाइल खोसेर लखेटियो। प्रहरीसँग सुरक्षा माग्दा पनि पाइनन्। बुथ कब्जा भएको घटनाले मतगणना ढिलो भयो। तर पद्माले विजय हासिल गरिन्।
२०६४ सालमा उनको क्षमताको मूल्यांकन गर्दै पार्टीले समानुपातिकबाट संविधानसभामा प्रतिनिधित्व गरायो। २०७५ सालको निर्वाचनमा उनले अर्को ठूलो आँट गरिन्। समानुपातिकमा सुविधा त थियो तर एकपटकभन्दा बढी त्यो सुविधा लिन नहुने सोचाइकी हुन् उनी। त्यसैले प्रत्यक्ष निर्वाचनबाटै चुनिने बाटो रोजिन्।
उनका आफ्नैहरुले पनि स्याङ्जा जिल्लाको २ नम्बर क्षेत्रबाट चुनाव जित्नु फलामको चिउरा चपाएसरह हो भन्थे उनलाई। किनभने तत्कालीन उपप्रधान तथा शिक्षामन्त्री अनि कांग्रेसका सक्रिय नेता गोपालमान श्रेष्ठ उनका प्रतिद्वन्द्वी थिए। उनलाई लाग्छ, ‘त्यो चुनाव, चुनाव मात्रै थिएन, राज्यसँगकै लडाइँ थियो।’
चुनाव निकै तनावपूर्ण भयो। चुनावको दिन बुथ कब्जा रोक्न खोज्दा उनीमाथि आक्रमण भयो। उनको मोबाइल खोसेर लखेटियो। प्रहरीसँग सुरक्षा माग्दा पनि पाइनन्। बुथ कब्जा भएको घटनाले मतगणना ढिलो भयो। तर पद्माले विजय हासिल गरिन्।
एकपछि अर्को चुनौतीमाथि धावा बोलिरहेकी पद्माको आत्मविश्वाससमेत बढ्दै गइरहेको छ। यतिबेला उनी मन्त्री छिन्। भूमिसँग अनेकौं ‘स्वार्थ समूह’ जोडिएका छन्। यो मन्त्रालय अन्तर्गतका कार्यालयहरु ‘सुशासन’का चुनौती हुन्। किनकि मालपोत कार्यालयहरुलाई घुस र बेइमानीका अखडाका रुपमा लिइएको छ। उनी अहिले यहाँ सुधारका लागि डटिरहेकी छिन्।
त्यसैले उनीविरुद्ध पनि यी स्वार्थ समूहरु लाग्न थालेको संकेत उनलाई मिलिसकेको छ। भन्छिन्, ‘म कुनै पनि मूल्यमा सुधार गर्ने प्रयासमा छु। लड्न त अब बानी परिसक्यो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।