• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जनप्रतिनिधिमा जित्न र पार्टीमा हार्न नजानेकी लीला

बाबु प्रधानपञ्च, छोरी नै पञ्चायतविरुद्ध
64x64
नेपाल लाइभ शुक्रबार, फागुन २४, २०७५  ०६:३०
1140x725

इटहरी– देशभरिमा नेपाली कांग्रेसबाट तीन जना महिला जिल्ला सभापति छन्। याङ्जिन विस्ट (मुस्ताङ), किरण कोइराला (बाँके) र लीला बोखिम (ताप्लेजुङ)।

ताप्लेजुङको भित्री गाउँ सिरिजंगा गाउँपालिकामा २०२२ सालमा जन्मिएकी बोखिम १४ वर्षको उमेरदेखि नै राजनीतिमा लागिन्। २०३६ सालको विद्यार्थी आन्दोलनमै उनी निकै सक्रिय थिइन्। 'घरबाट भागीभागी आन्दोनलमा हिँडेकी थिएँ,' उनलाई सम्झना छ, 'सँगैका दिदीहरुले जाऔं भनेपछि म पनि पछि लाग्थेँ।'

सदरमुकामबाट झन्डै एक दिन पैदल हिँडेर पुगिन्छ सिरिजंगा गाउँपालिका। देशको राजनीतिप्रति त्यति धेरै जानकारी नभए पनि समाजको समस्या र स्थानीय राजनीतिप्रति जानकार छिन् बोखिम। उत्तरी सिमाना किमाथांकादेखि भारतको बोर्डरसम्मका समस्याबारे थाहा छ उनलाई।  

उनका बाबु त्यो बेलाका खरो प्रधानपञ्च। गाउँभरिका मान्नेगुन्ने कहलिएका। तर आफ्नै छोरी पञ्चायतविरुद्ध लागेको सुइँको पाउन सकेनन् उनले। उनका लागि घरमा त्यति कडिकडाउ थिएन। त्यसैले पनि बाहिर घुमफिर गर्न केले छेक्थ्यो र।

पोस्टर, पम्पेल्ट टास्ने काममा निकै सक्रिय भइन् बोखिम। आन्दोलनका कहिलेकाँही पोस्टर बोकेरै घर आउनुपर्थ्यो। त्यो बेला भने निकै समस्यामा पर्थिन् उनी। 'ती पोस्टर चामलको बोरा र धानको भकारीमा पुरेर राख्थेँ,' उनी हाँस्दै भन्छिन्, 'आमाले देखेको बेला सुटुक्क उनैलाई दिन्थेँ।'

२०४७ सालमा प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलनको बेला थियो। उनलाई गाउँभरि कांग्रेसी भनेर चिन्न थालिसकेका थिए। पञ्चहरु आएर छोरीलाई 'ठेगान लगाउनुपर्यो' भन्थे। बाबुले पनि कांग्रेसमा लागेर खासै फाइदा नहुन सल्लाह दिइरहन्थे। 'तर कहिल्यै पनि पार्टीमा नहिँड र राजनीति नगर भन्नुभएन,' उनी सम्झन्छिन्।

केही समय सदरमुकामै बसेर आन्दोलन गरिन्। बोल्न सिपालु भएका कारण पनि उनी अरुभन्दा अगाडि थिइन्। ०४८ मा कांग्रेसको गाविस सभापतिमा उमेदवारी दिइन्। साबिकको सिकैचा गाविसको सभापतिमा निर्विरोध निर्वाचित भइन्।  

Ncell 2
Ncell 2
nimb
nimb

उम्मेदवारको नामै काटियो
उनको राजनीतिक सक्रियता बढिरहेको थियो। गाउँभर उनको पक्षमा माहोल पनि बन्दै थियो। बाबुको साखले नै आफ्नो यात्रा सहज भएको उनी स्विकार्छिन्। 

गाविस अध्यक्षको उम्मेदवारी बन्ने भइसकेकी थिइन्। नाम दर्ताको अन्तिम तयारी भइरहेको थियो। तर मतदाता नामावलीमा नाम नभएको पाएपछि उनी आश्चर्यमा परिन्। 'मैले जित्ने निश्चित भएपछि  नेकपा एमालेले कर्मचारीसँग मिलेर नामावलीबाट नाम कटाइदिएका रहेछन्,' उनी भन्छिन्।

त्यसपछि उनी नेपाल महिला संघको जिल्ला सभापतिमा निर्वाचित भइन्। विकट जिल्ला त्यसमाथि पनि महिला नेतृत्वको अभावका कारण उनलाई निर्विरोध हुने मौका मिल्यो। जसले गर्दा पनि उनको राजनीतिक यात्र थप सहज बन्दै गयो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गाउँमा बस्दै आएकी उनी सदरमुकाम फुङलिङ बस्न थालिन्। महिला संघ र पार्टी दुवैतिर उनको व्यस्तता निकै बढिसकेको थियो।

२०५२ सालको अधिवेशनबाट उनी नगर सभापतिमा निर्विरोध नै निर्वाचित भइन्। जसले उनको राजनीतिक उचाइ ह्वात्तै बढायो। केन्द्रीय स्तरका नेतासँग उनको पहुँच पुग्यो। 

एक कार्यकाल नगर सभापति भएपछि उनी निरन्तर जिल्ला सदस्यमा बसिन्। तेह्रौं महाधिवेशनबाट उनी जिल्ला सभापतिमा निर्वाचित भएकी हुन्। ४ जनाको उम्मेदवारी परेकोमा विजय उनकै पक्षमा भयो। नेपाली कांग्रेसको विधानमा ५१ प्रतिशत मत नपाए पुन: निर्वाचन गर्नुपर्ने व्यवस्था छ। तर उनले ५९ प्रतिशत मत प्राप्त गरेकी थिइन्। त्यसबेला उनीसँगै हालका प्रदेश १ का प्रदेशसभा सदस्य प्रताप प्रकाश हांगाम, गजेन्द्र तुम्याङ र पदम पालुवाले उम्मेदवारी दिएका थिए। 

जनताको मत फापेन
पार्टीको राजनीतिमा सधैं सफल बन्दै आएकी उनी जननिर्वाचित बन्ने मामलामा भने असफल भइन्। दोस्रो संविधानसभाको निर्वाचनमा ताप्लेजुङ क्षेत्र नम्बर १ बाट उनको उम्मेदवारी परेको थियो। 'जित्ने लगभग पक्कापक्की भइसकेको अवस्थामा पार्टीकै नेताहरुको निर्देशनमा हराइयो,' उनी भन्छिन्, 'हार मानेर घर फर्किसकेका प्रतिस्पर्धीहरु पछि विजयी हुँदा म त निकै आश्चर्यमा परेँ।' त्यसबेला उनका प्रतिपर्धी नेकपा एमालेका भुपेन्द्र थेवे १३९ मतले विजयी भए।

त्यसपछि उनलाई निर्वाचनप्रति जाँगर नै हराएर गएको छ। जनताले विश्वास गर्दा पनि पार्टीका केही नेताको चित्त बुझाउन नसक्दा चुनावको नतिजा फरक आउने उनको बुझाइ छ। 

पछिल्लो समय पार्टीभित्र बढ्दै गएको गुटबन्दीप्रति पनि उनको चिन्ता छ। नेतैपिच्छेका आफ्ना मान्छे भएपछि जनताका मान्छे बन्ने कोही नभएको खल्लो अनुभूति छ बोखिमसँग।

'पार्टीमा लगानी र त्याग गर्नेभन्दा खुरापाती बढी हाबी छन्,' उनी हाकाहाकी भन्छिन्, 'अहिले पार्टी भालुको कन्पट समाउनु र छाड्नु जस्तै भएको छ।'

कतिपय अवस्थामा अरुको काममा चित्त बुझाउँदिनन् उनी। पार्टीका नेताहरु गरिब किसानको भन्दा पनि धनीहरुको पक्षमा लागेको उनलाई पटक्कै मन पर्दैन। गाउँका गरिबको समस्या सुन्ने र उनीहरुको घाउमा मलम लगाउन सक्ने अवस्था अझैसम्म सिर्जना नभएको उनको बुझाइ छ।

‘देशमा लोकतन्त्र आएको भए पनि लोकतन्त्रको प्रत्याभूति हुन सकेको छैन,’ उनी भन्छिन्, ‘इमानदारी र नैतीकताको अभावमा पार्टीका नेताहरु पतनको बाटोमा लागिरहेका छन्।’

पुरुष हैकम कायमै
आफू सभापति भए पनि अन्य पुरुषको सोचका आधारमा चलिरहनुपरेको उनको भनाइ छ। अधिकार भए पनि पुरुषको हैकममै चल्नुपर्ने अवस्था रहेको उनी स्विकार्छिन्। हाल जिल्ला कार्यसमितिमा ६ महिला र १४ पुरुष छन्। आफ्नो बहुमत नभएको कारण पुरुषलाई नै मनोनीत गर्नुपर्ने बाध्यतामा छिन् उनी।

महिलालाई अधिकारसँगै आर्थिक क्षमता बढाउने सिपको जरुरत परेको उनको बुझाइ छ। त्यसैले उनी एक एनजिओमार्फत महिला उद्यमी बढाउने काममा लागेकी छिन्। नेपाल महिला उद्यमी संघ नामको एनजिओ चालउँछिन् उनी। पहिला २२ जनासम्मले रोजगारी पाएको उक्त संस्थामा हाल ८ जना महिला काम गर्छन्। जसको माध्यमबाट गाउँका महिलालाई उद्यामशीलतासँग जोड्ने प्रयास थालिएको उनले बताइन्।

राजनीतिप्रतिको मोह निकै कम छ उनमा। तर पार्टीले आवश्यकता महसुस गरे केन्द्रीय सदस्य उठ्ने सम्भावना भने नटरेको बताउँछिन्। ‘हामीले जतिसुकै ठूलो गफ गरे पनि डाडुपन्युँ चलाउने अरु नै छन्,’ उनी भन्छिन् , ‘अहिले भजन गाउनेले पात्र पद पाउँछ। अरु त चिल्लै।’

प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्