आइएमई लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बैंकास्योरेन्स सम्झौता

नेपाल लाइभ

Nepal Live

काठमाडौं- आइएमई लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ।

उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक आशिष सिंह र माछापुच्छ्रे बैंक लिमिटेडका तर्फबाट उप-प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन्।

सम्झौता पश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरुले माछापुच्छ्रे बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन्। 

इन्स्योरेन्स कम्पनीले हाल ६७ भन्दा बढी शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने विभिन्न १० योजनाहरु बजारमा ल्याएको छ।

कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता तथा आजिवन लगायतका बीमा योजनाहरू ल्याएको हो।

इन्स्योरेन्सको मुख्य उद्देश्य न्यून आय भएका शहरी तथा ग्रामीण भेगका जनतासमक्ष जीवन बीमामा पहुँच पुर्‍याई जीवनबिमा क्षेत्रको विस्तार गर्ने रहेको छ ।
 

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने