डोटी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पश्चिम सेती जलविद्युत् आयोजना वर्तमान सरकारले आफैं बनाउने बताएका छन्।
डोटीको बोगटान फुड्सिल गाउँपालिकामा बुधबार आयोजना गरिएको स्वास्थ्य सरसफाइ कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले आयोजना वर्तमान सरकारको प्राथमिकतामा रहेको दाबी गरे।
'हामीले केन्द्र सरकारसँग पश्चिम सेती आफ्नै लगानीमा निर्माण गरौँ भनेर भनेका छौँ,' उनले भने, 'पश्चिम सेती अब भाषणमा हैन काममा देखिनेछ।'
चिनियाँ कम्पनी थ्री गर्जेजले पश्चिम सेती बनाउन नसक्ने भन्दै हात झिकेपछि डोटीमा फेरि पश्चिम सेतीको चर्चा शुरु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।