• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

प्रधानाध्यापकसामु नै विद्यार्थी भन्छन्– ड्रग्स खानु मेरो बाध्यता हो सर!

बाबु-आमाको बेमेलले अन्योलमा भविष्य
64x64
नेपाल लाइभ सोमबार, फागुन २७, २०७५  १८:१०
1140x725

इटहरी– कक्षा ९ मा अध्ययनरत छात्र हुन् सुमन* लिम्बु। कक्षा ६ सम्म पढाइमा निकै तेजिला थिए उनी। नियमित विद्यालय जान्थे। 

जब बाबु विदेश उडे, उनको दैनिकी नै परिवर्तन भयो। 

पछिल्ला दुई वर्षदेखि स्कुल आउने जाने-ठेगान छैन उनको। किताब-कापीदेखि परीक्षासम्मको याद हुँदैन। उनको उपस्थितिले कक्षाकोठाको वातावरण नै परिवर्तन गरिदिन्छ। बोलेर होइन। उनले पिएको लोकल रक्सीको गन्धले। उनी आफै निर्धक्कका साथ भन्छन्, ‘सर मलाई टेन्सन छ कि! त्यसैले रक्सी खाएको हुँ।’ 

---

राजकुमार* लिम्बु कक्षा ६ का विद्यार्थी हुन्। उनका बुबा एक वर्षअगाडि नै एचआइभी संक्रमणको कारण बिते। बुबा बितेपछि उनी टुहुरा भए। बाबु विदेशिएको केही दिनमै आमा बेपता भइन्। हाल फुपूसँगै बस्छन् उनी। पढाइमा भन्दा घरकै काममा बढी ध्यान दिनुपर्ने बाध्यतामा छन्। त्यसैले उनको विद्यालयको हाजिरी खातामा गयल मात्र देखिन्छ। 

---

सुवास* लिम्बु हाल हजुरआमासँग बस्छन्। कक्षा ८ पढ्ने उनका बुबा र आमा दुवैले दास्रो विवाह गरेका छन्। भएकी हजुरआमाले पनि उनको ख्याल गर्न छाडेकी छिन्। खानलाउनै नभएपछि मन्दीपको विद्यालय आउने टुंगो हुँदैन। त्यसैले उनी घरेलु कामदारको रुपमा परिणत भइसकेका छन्। सानै उमेरमा उनले औपचारिक शिक्षामा बिराम लगाएका छन्।

---

Ncell 2
Ncell 2
nimb
nimb

कक्षा ९ मा पढ्ने दीपक* लिम्बुका बुबा हाल विदेशमा छन्। बाबु आउनेबित्तिकै आमा बेपता भइन्। हाल बाबु र आमा दुवैको खुटखबर छैन। कहिले साथीको घर त कहिले आफन्तकहाँ बसेर उनको दैनिकी चलिरहेको छ। पढाइको भन्दा पेटको चिन्ता छ उनलाई।

---

मनोज* सिग्दर कक्षा ९ का छात्र हुन्। दुई वर्षदेखि उनी लागुऔषध प्रयोगकर्ता भएका छन्। बाबु विदेश गएपछि आमाले वास्ता गर्न छाडिन्। साथीभाइले जोगबनी गएर लागुऔषध ल्याउँदा पैसा कमाइ हुने बताएपछि उनको बाटो मोडियो। पैसाको लोभमा पर्दै गए। पछि आफै प्रयोगकर्ता भए। प्रधानाध्यापक महतका अनुसार मनोझ आफैले लागुऔषध प्रयोग गर्ने गरेका छन्।

---

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पञ्चायत माविका यी विद्यार्थी केही प्रतिनिधि पात्र हुन्। जसका बाबु-आमाको बेमेलले भविष्य नै अन्योलमा छ।

सुनसरीको रामधुनी नगरपालिका ७ मा पर्छ पञ्चायत मावि। हेर्दा आकर्षक छ विद्यालय। वरिपरि बोटबिरुवा रोपेर हरियाली बनाउने काम भइरहेको छ। छात्रा विद्यार्थीको संख्या घटेको चिन्ताले अहिले नि:शुल्क सेनेटरी प्याड वितरण कार्यक्रम ल्याइएको छ। त्यसले केही हदसम्म छात्राहरुलाई विद्यालय प्रतिको अकर्षण बढाएको छ।

विद्यालयले भर्खरैदेखि स्मार्ट लाइब्रेरीको अवधारणा अवलम्बन गरेको छ। निबन्ध, उपन्यास, कथा लगायत सामान्य ज्ञानका पुस्तक राखेर लाइब्रेरी तयार पारिएको छ। केही समयमै कम्प्युटर सहितको स्मार्ट लाईब्रेरीको व्यवस्थापन गर्न लागिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर राई बताउँछन्।

विज्ञान र अंग्रेजी विषयलाई प्रोजेक्टरको माध्यमबाट पढाउने काम सुरु भएको छ। भिडियो देखाउँदै पढाउँदा विद्यार्थीले चाँडै सिक्ने हुँदा पढाइको ढाँचा परिवर्तन गरिएको प्रधानाध्यापक महतको भनाइ छ।

त्यस्तै कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई भित्तामा चित्र बनाएर त्यही चित्रको अधारमा पढाउने व्यवस्था मिलाइएको छ। 'बालबालिकाको मस्तिष्कले शब्दभन्दा चित्र चाँडो क्याच गर्ने भएकोले यो विधि अपनाएका हौं,' प्रधानाध्यापक महत बताउँछन्।

त्यति हुँदाहुँदै पनि विद्यार्थीको संख्या भने घट्दो छ।

५ वर्षअगाडि ५ सय नियमित विद्यार्थी रहेकोमा हाल २५० पनि नियमित छैनन्। पछिल्लो समय निजी तथा सरकारी विद्यालयको संख्या बढेसँगै विद्यालय आसपासका विद्यार्थी मात्र आउँछन्।

भएका पनि लागुऔषध र दुर्व्यसनीको समस्यामा फसेका छन्। वैदेशिक रोजगार, त्यसले निम्त्याउने पारिवारिक तनावका कारण आफूहरु बाध्यतामा परेको स्वयं विद्यार्थीहरु सुनाउँछन्। 

ड्रग्स खानु बाध्यता रहेको विद्यार्थीहरुले नै बताउने गरेको प्रधानाध्यापक महत सुनाउँछन्। ‘भौतिक र प्रशासनिक हिसाबमा विद्यालयमा कुनै समस्या छैन,’ उनी भन्छन्, ‘तर के गर्ने यहाँको समाज नै यस्तै छ। कसलाई दोष दिनु र खै?’

जनजाति बाहुल्य क्षेत्र पर्ने भएकोले घरेलु मदिरा सेवन सहज भएको उनको भनाइ छ। घरेलु मदिरा र लागुऔषधको कारण छात्रहरुको उपस्थिति कमजोर बन्ने गरेको उनी बताउँछन्। 

अधिकांश युवाहरु विवाहपश्चात् विदेश जाने गर्छन्। महिलाहरु भने साना छोराछोरी छाडेर दोस्रो विवाह गर्ने गरेको देखिन्छ। पारिवारिक स्याहार नपाएका बालबालिकाको संख्या दैनिक बढिरहेको छ। 

प्रधानाध्यापक महतका अनुसार ८,९ र १० कक्षाका विद्यार्थी बढी कुलतमा छन्। चरम गरिबीका कारण पनि समस्या छ।

केही वर्षअगाडि बालबिबाह रोक्न चलेको ‘डान्स अफ फर्टायल’ कार्यक्रमको समयमा सबैभन्दा धेरै बालविवाह भएको उनको भनाइ छ। ०७२ सालमा सञ्चालित सो कार्यक्रमको समयमा मात्र ७ जोडी विद्यार्थीले विवाह गरेका थिए।

यसरी लागुऔषधदेखि बालविवाहसम्मको समस्या विद्यालयले खेपिरहेको छ। 

वैदेशिक रोजगारीमा गएका तिनका बुवा समयमा घर नफर्कने र आमाहरु पोइल जाने क्रम बढ्दो छ। जसका कारण बालबालिकाको बिचल्ली हुने गरेको छ। बिचल्लीमा परेका बालबालिका कोही लागुऔषध ओसारपसारमा सामेल भएका छन् त कोहीले बालश्रम गर्नुपर्ने अवस्था आइलागेको छ। 

*(यहाँ उल्लेख गरिएका विद्यार्थीको नाम परिवर्तन गरिएको छ।)

प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५  १८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्