काठमाडौं- व्यावसायी विनोद चौधरीको सम्पत्ति १.७ अर्ब डलर पुगेको छ। चौधरीको सम्पत्ति एकवर्षमा २० करोड अमेरिकी डलरले बढेको हो।
अर्बपतिको सूची प्रकाशित गर्ने फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूची अनुसार २०१८ को तुलनामा २०१९ मा चौधरीको सम्पत्ति २० करोड अमेरिकी डलर (२२ अर्ब ४० करोड नेपाली रुपैयाँ) ले बढेको हो।
गत वर्ष उनी १.५ अर्ब डलरसहित बिलेनियर क्लबमा थिए। सम्पत्ति बढेसँगै गत वर्षको तुलनामा उनको र्यांक बढेको हो।
चौधरीसँग सिजी फुड र त्यस अन्तर्गत लोकप्रिय चाउचाउ वाइवाई रहेको छ। जसको उत्पादन नेपालबाहेक भारत, सर्विया,साउदी अरब र बंगलादेशबाट हुन्छ। सिजीले २९ वटा आफ्नो स्वामित्वमा ७० वटा व्यवस्थापन हेर्ने लक्जरी होटल रहेका छन्। नबिल बैंकमा बहुमत सेयर रहेको छ।
सन् २०१८ मा फोर्ब्सको सूचीमा १५ सय ६३ औं सूचीमा रहेका चौधरी एक वर्षमै १३ सय ४९ स्थानमा उक्लन सफल भएको फोर्ब्सले जनाएको छ।
उनको व्यवसाय अगाडि बढाउन उनका छोरा निर्वाण, राहुल र वरुणले सहयोग गर्दै आएका छन्।
२०६४ सालमा नेकपा एमालेबाट संविधानसभा सभासद् भएका चौधरी अहिले नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा समानुपातिक अन्तर्गत सांसद् रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।