काठमाडाैं- नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पूर्वाधार विकासमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएका छन्।
गभर्नर नेपालले नेपालमा पूर्वाधार विकासका लागि लगानीको आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई वैदेशिक लगानी भित्र्याउन पनि पहल गर्न सचेत गराए। नेपालको पूर्वाधार विकासका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई बाह्य लगानी भित्र्याउन पनि राष्ट्र बैंकले आवश्यक वातावरण बनाइदिएको गभर्नर नेपालको दाबी छ।
गभर्नर नेपालले पूर्वाधार विकासका लागि स्थापना गरिएका बैंकहरुले आफ्नो सम्पूर्ण पूँजी पूर्वाधार विकासमै लगानी गर्नुपर्ने दायित्व रहने पनि स्मरण गराए।
बुधबार काठमाडौंमा आयोजित नेपाल पूर्वाधार बैंक लिमिटेड उद्घाटन कार्यक्रममा बोल्दै उनले पूर्वाधार विकासमा लगानीको आवश्यकता बढ्दै गएकाले त्यो अभाव पूरा गर्ने काममा लाग्न पनि बैंक तथा वित्तीय संस्थाहरुलाई सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।