जनकपुर- नेपाल सरकारका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश २ मा लगानीमैत्री वातावरण निर्माणको लागि प्रदेश सरकार संग आग्रह गरेका छन्।
नेपाल उद्योग परिसंघ र प्रदेश सरकारको संयुक्त आयोजनामा जनकपुरधामा आयोजित प्रदेश नं. २ को समृद्धिको मार्गचित्र विषयक अन्तरक्रिया कार्यक्रममा उपप्रधानमन्त्री यादवले स्थानीय तह सहकार्य र संघीय सरकारसँग समन्वय गरी लगानीकर्तालाई लगानीको वातावरण बनाइदिन आग्रह गरे।
मन्त्री यादवले प्रदेश २ देश कै सबैभन्दा बढी कृषि योग्य भूमि भएको बताउँदै यहाँ लगानीको पर्याप्त सम्भावना रहेको बताए।
उनले भने, 'लगानीमैत्री वातावरण सृजना गरिदिन जग्गा, सुरक्षा र उर्जाको वातावरण बने प्रदेश समृद्ध प्रदेश हुनसक्छ। कृषि र कृषिमा आधारित दूध, वधशाला, पशुपालन, माछा र फलफूल जुसलगायतका वस्तुमा लगानी गरिए राम्रो आर्थिक विकासको सम्भावना छ।’
उपप्रधानमन्त्री यादवले आर्थिक विकास भए राजनीतिक समस्याहरू आफैं हटेर जाने बताउँदै संघीय सरकारले के गरे त्यसतर्फ नगई प्रदेशले के गर्न सक्छतर्फ लाग्न प्रदेश सरकारलाई सुझाव दिए।
कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले लगानीकर्तालाई लगानी गर्न आग्रह गरे।
तराई मधेशको यो कृषि क्षेत्र भएकाले यहाँ कृषि र त्यसमा अधारित उद्योग तथा प्राविधिक शिक्षालयमा लगानी गर्न उनले आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।