काठमाडाैं- नक्कली भ्याट बिल जारी गरी राजश्व ठग्ने प्रक्रिया फेरि देखिएकाे छ। राजश्व अनुसन्धान विभागकाे अनुसन्धानमा २४ वटा नयाँ फर्म तथा कम्पनीहरुले नक्कली भ्याट बिल जारी गर्दै १ अर्ब ७५ कराेड राजश्व हिनामिना गरेकाे पाइएकाे छ।
विभागले ती फर्म तथा कम्पनीविरुद्ध मंगलबार मुद्दा दायर गरेकाे छ। विभागका महानिर्देशक दीर्घराज मैनालीले नक्कली भ्याट बिल जारी गरी राजश्व ठग्ने नयाँ शैलि भेटिएकाले केही फर्म र त्यसका सञ्चालकविरुद्ध मुद्दा दायर गरिएकाे बताए। मैनालीका अनुसार अन्यका हकमा अनुसन्धान भइरहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।