लन्डन (एजेन्सी)– अस्ट्रेलिया विरुद्ध एशेज शृंखलाको तयारी गरिरहेको इंग्लिस टिम उसको अनुभवी अलराउन्डर बेन स्टोक्स बिनै मैदानमा उत्रिने सम्भावना देखिएको छ।
इंग्लिस कप्तान जोए रुटले ब्रिस्टल विवादमा मुछिएका स्टोक्सको कमी टोलीलाई हुने र उनको अनुपस्थिति सबै खेलाडी मिलेर पूर्ति गर्नुपर्ने बताएका छन्।
कप्तानको यो भनाइले अगामी एशेज शृंखलामा स्टोक्स अनुपस्थित हुने सम्भावनाको पुष्टि गरेको छ । यसअघि स्टोक्स खेल्ने वा नखेल्ने विषयमा संशय थियो।
‘यदि स्टोक्स पूरै शृंखलामा हामीसँग भएनन् भने पनि अस्ट्रेलिया विरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने योजना छ’, उनले भनेका छन्।
ब्रिस्टनको एउटा नाइट क्लबमा सर्वसाधारणसँग रक्सिले मातिएका स्टोक्सले झगडा गरेका थिए । त्यसबारे छानबिन भइरहेको छ । प्रहरीको रिपोर्ट बाहिर नआउँदासम्म र अदालतले जरिवाना नतोक्दासम्म स्टोक्स देश छोडेर कतै जान पाउने छैनन् ।
‘स्टोक्सको उपस्थिति टिमको लागि महत्वपूर्ण थियो । तर, अब उनी नहुँदा अन्य खेलाडीलाई आफ्नो प्रतिभा प्रष्फुटित गर्ने मौका मिलेको छ’, कप्तान रुटले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।