काठमाडौं– मोरङ जिल्ला क्रिकेट संघमा सुनिलकुमार पौडेलको अध्यक्षता नयाँ कार्यसमिति निर्वाचित भएको छ।
शनिबार विराटनगरमा भएको साधारणसभामा पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको हो । संघको उपाध्यक्षमा पूर्व अन्तर्राष्ट्रिय ब्याट्सम्यान नवीन घिमिरे, सचिवमा पूर्व अलराउन्डर युनिल श्रेष्ठ र कोषाध्यक्षमा ऋषिवचन यादव निर्वाचित भएका छन्।
११ जना सदस्यमा नरेश श्रेष्ठ, जिना श्रेष्ठ अजय राजवंशी, मनोज अर्याल, अम्बिका बुढाथोकी, माघीलाल शर्मा, मनोज चौधरी, कविर तामाङ, अनिल शाह, सुरेशलाल श्रेष्ठ, र राजेश पोखरेल चयन भए।
नवनिर्वाचित कार्यसमितिको शनिबार नै बसेको बैठकले नेपाल क्रिकेट संघको केन्द्रीय निर्वाचनमा नरेश श्रेष्ठलाई प्रतिनिधि बनाएर पठाउने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।