पोखरा- आइतबार बिहान पोखराको फेवातालमा खसेको प्याराग्लाइडिङमा रहेका चालक विदेशी नागरिक रहेको खुलेको छ।
फेवातालको मध्यभागमा खसेको १० मिनेटमा नै उनलाई उद्धार गरी पोखराको मेट्रोसिटी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ। रोमानियाका नागरिक इडिई केजी रहेको कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले बताए। उनको उमेर अन्दाजी ४० रहेको गुरुङले नेपाल लाइभलाई जानकारी दिए।
उनको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।
साराङकोटबाट उडेको प्याराग्लाइडिङ ल्यान्डिङ गर्न नसकेर फेवातालमा खसेको थियो।
तालको मध्यभागमा खसेको प्याराग्लाडिङको उद्धारका लागि ५ वटा डुंगा पुगेका थिए।
प्याराग्लाइडिङ खसेको १० मिनेटपछि प्रहरी घटनास्थल पुगेको थियो।
प्याराग्लाइडिङ ११ बजेर १७ मिनेटमा तालको मध्य भागमा खसेको थियो।
यो पनि पढ्नुहोस्ः


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।