काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको शनिबार राती निधन भएपछि मन्त्रिपरिषद्को बैठक बोलाइएको हो । नेकपा सचिवालय बैठक सकिएपछि मन्त्रिपरिषद् आकस्मिक बैठक बस्नेछ। सचिवालय बैठक बालुवाटारमा जारी छ। मन्त्रिपरिषद् आकस्मिक बैठक १० बजेका लागि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।