काठमाण्डौ – दिवंगत नेता भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा राखिने भएको छ।
पूर्व उपप्रधानमन्त्री अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्थिव शरीर बिहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालयमा राखिने नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका हुन्। 'उहाँको शब धुम्बराही कार्यालयमा राखिने छ' उनले भने।
अधिकारीको अन्त्येष्टिको विषयमा निर्णय गर्न मन्त्रिपरिषदको आकस्मिक बैठक पनि बस्दैछ। नेता अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति निधन भएको हो। २०४७ सालको संविधानको मस्यौदाकार अधिकारी २०५१ मा बनेको तत्कालीन एमालेको नौमहिने अल्पमतको सरकारमा अर्थमन्त्री थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।