राजविराज– ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सप्तरीमा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान र छोरा घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–६, महुलीमा पश्चिम जाँदै गरेको ना ६ ख १३१७ नम्बरको मालवाहक ट्रकले को ५ प १६८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
घटनामा मोटरसाइकलको पछाडि सवार सप्तरीको वोदेवर्सान नगरपालिका–१ की ३९ वर्षिया कपुरदेवी मण्डलको घटना स्थलमै मृत्यु छ।
मोटरसाइकल चालक ४२ वर्षीय दुर्गानन्द र छोरा १२ वर्षीय चेतनारायण घाइते भएका छन्।
दुवैको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको भएको इलाका प्रहरी कार्यालय महुलीका सई रामबाबु यादवले बताए।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही प्रकृया सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।