भक्तपुर– गृहमन्त्री रामबहादुर थापाले सुखी नेपाली र समृद्ध नेपालको अभियान साकार पार्न सामाजिक जागरण आवश्यक रहेको बताएका छन्।
आज चौथो नेपाल लायन्स महोत्सव(फेस्टिबल) भक्तपुरको उद्घाटन गर्दै उनले राजनीतिक परिवर्तनपछि समृृद्धि र विकासका लागि सामाजिक जागरण आवश्यक रहेको बताएका हुन्।
लायन्स क्लबले सामाजिक कार्यमार्फत युवालाई देशको समृद्धि, व्यक्तित्व विकास र सामाजिक कार्यमा संलग्न गर्दै आएको आफूले पाएको बताउँदै उहाँले युवाका माध्यमबाट नै शान्ति र समृद्धि सम्भव भएको उल्लेख गरे।
आन्तरिक पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउने लक्ष्यका साथ सुरु भएको महोत्सवमा देशभरका हजारौं लायन्स सदस्य र गैरलायन्सका व्यक्तिको सहभागिता रहेको संयोजक नवीन प्रजापतिले जानकारी दिए।
महोत्सवमा भक्तपुरको पहिचान बोकेका कला, संस्कृति, परम्परागत नृत्य तथा पहिरन प्रस्तुत गरिएको छभने काठमाडौँ रङ्गशालाबाट सडक सुरक्षाको नारासहित कार र्यालीको समेत आयोजना गरिएको छ।
महोत्सवमा भक्तपुरको सांस्कृतिक झाँकी, नृत्य, माटोको भाँडा बनाउने, परम्परागत कपडा बुन्ने, नेवारीलगायत परम्परागत खानाको स्टल, जुजु धौ, चर्चितगायक गायिकाको प्रस्तुति, विभिन्न खेललगायतका करीब ६० वटा स्टल रहेको छ।
यहाँ प्रतियोगितात्मक एवं मनोरञ्जनात्मक खेल आयोजना गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।