डडेल्धुरा– दार्चुलाको राताकाठामा शुक्रबार राति भएको जिप दुर्घटनामा मृत्यु हुने ११ जनामध्ये ९ जनाको सनाखत भएको छ।
मृतकमध्ये दुई जना बैतडी र नौ जना दार्चुलाको रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार तीमध्ये सात जना महिला, तीन जना पुरुष र एक नाबालक छन्।
सनाखत भएकामा बैतडीका धनबहादुर चन्द र स्नेहा चन्द रहेका छन्। यस्तै, दार्चुलाका कल्याणसिंह बडला, निर्मला बडला, परुली धामी, धनबहादुर बम, अमरा बम, भूमति बम र पसलीदेवी धामी रहेको प्रहरीले जनाएको छ।
मृतक ११ जनाको शव जिल्ला अस्पताल दार्चुलामा पोस्टमार्टम भइरहेको बताइएको छ। शव राति १२ बजेसम्म संकलन गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते चालक दीपकसिंह धामीलाई उपचारका लागि भारत लगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।