जनकपुर- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कर्मचारी समायोजनको नाममा संघीय सरकारले द्वन्द्व बढाउन खोजेको आरोप लगाएका छन्।
डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल (डिन) को प्रदेशस्तरीय सम्मेलन उद्घाटन गर्दै मुख्यमन्त्री राउतले समायोजनका नाममा प्रदेश र स्थानीयतहबाट कर्मचारी फिर्ता गराउने षडयन्त्र संघीय सरकारले गरेको आरोप लगाए।
संविधानमा कर्मचारीलाई यथास्थितिमा समायोजन गर्न भनिएको दाबी गर्दै उनले संवैधानिक व्यवस्था विपरीत समायोजनका नाममा कर्मचारी फिर्ता गर्न खोजिएको जिकिर गरे।
संघीय सरकारले असहयोग गरे पनि चाँडै प्रदेश लोकसेवा आयोग गठन गरी नयाँ कर्मचारी भर्ना गर्ने चुनौती दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।