काठमाडौं– दार्चुला तिङ्कर सडक खण्डअन्तर्गत राताकाठा भीरमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने अन्तय बेपत्ता भएका छन्।
सदरमुकाम खलंगाबाट हिकिला जाँदै गरेको म १ ज २८० नम्बरको जिप दुहुँ-३ राताकाठा सडक खण्डबाट महाकाली नदीमा खसेको प्र निमित्त प्रहरी प्रमुख रबिन्द्र कठायतले जानकारी दिए।उनका अनुसार सदरमुकामबाट करिब ८ किलोमिटरको दुरीमा बेलुकी करिa सवा ८ बजेतिर जीप दुर्घटना परेको हो।
उनले घटना स्थलबाट तीन जनाको शव निकालिएको र एक महिला, तीन पुरुष र एक नावालकको शव देखिएपनि अप्ठ्यारो भीर भएकाले निकाल्न गाह्रो भइरहेको बताए।
दुर्घटनास्थल निकै भिरालो र तल महाकाली नदि रहेकाले केकति मानवीय क्षति भयो भन्ने बारेमा एकिन हुन नसकेको काठायतले जानकारी दिए।
प्रहरी निरीक्षक कठायतले गम्भीर घाइते अवस्थामा भेटिएका जीप चालक दिपक सिंह धामीलाई भिरबाट उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याएको जानकारी दिए।
थप जानकारी आउन बाँकी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।